चेपाङ केन्द्रलाई यातायात व्यवसायीको सहयोग
रत्ननगर २६ पुस
गामवेसीको चेपाङ संरक्षण केन्द्र रत्ननगर–१० मंगलपुर चितवनका वालवालिकाहरुलाई वनभोज खुवाईएको छ । नारायणी यातायात व्यवसायी संघको आयोजनामा भएको कार्यक्रममा चेपाङ संस्कृतिक घरको समेत उद्धघाटन गरिएको थियो ।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका पूर्व उपाध्यक्ष कोमलभक्त उप्रतिले केन्द्रमा आश्रित चेपाङ वालवालिकाको स्टेशनरी खरिदको लागि रु तीनहजार सहयोग गर्नुभएको थियो भने संघको तर्फवाट एक दिनको खाना खुवाईएको संघका कार्यालय प्रमुख शंकर गिरीले जानकारी दिए ।
कार्यक्रममा कर्मचारी संघका अध्यक्ष राजन कार्की,फिल्ड इन्चार्ज लालकुमार श्रेष्ठ,पत्रकार नवराज ढकाल,हरि कार्की,हरि उप्रती,रामेश्वर रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा यातायात व्यवसायी राजन कार्कीले केन्द्रका सात कोठे भवनको लागि आवश्यक म्याट र खानेपानीको धारा मर्मतको लागि आर्थिक सहयोग गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए । सो केन्द्रमा चितवन र मकवानपुरका ७७ जना विपिन्न एवम् पहाडीबस्तीका चेपाङ वालवालिका आश्रित रहेका छन ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया