नायकहरुमा पहिला भए राज बल्लभ कोइराला
विकास राज न्यौपाने,अमेरिका
नेपालमा धेरै नायक नायिकाहरुले फेसबुक पेज बनाएता पनि धेरै कम मात्रको फेसबुक पेज भेरिफाइड भएको छ । हालसम्म केही नायिकाहरुको पेजलाइ फेसबुकले भेरिफाइ गरेपनि हालसम्म कुनै पनि नायकको फेसबुक पेज भेरिफाइड भएको थिएन । तर जनवरी ९का दिन नायक राज बल्लभको फेसबुक पेज भेरिफाइड भएको छ । फेसबुक पेज भेरिफाइड हुने उनी पहिलो नेपाली नायक हुन् । जनवरी १०मा यो समाचार तयार पार्दासम्म उनको फेसबुक पेजमा २० हजार ४ सय १५ जनाले लाइक गरेका छन् । हाल अमेरिकाको टेक्सासमा बसोबास गरिरहेका राज बल्लभ कोइरालाद्वारा अभिनित चलचित्र हाइवे टु धम्पुस चाँडै नै रिलिज हुने क्रममा रहेको छ । अमेरिकी निर्देशक रिक म्या्कफरल्याण्डले निर्देशन गरेको चलचित्रको रिलिज अमेरिकामा सम्भबत सेप्टेम्बरमा हुने नायक राज बल्लभले बताएका छन् । नायक बल्लभले यो चलचित्रलाइ लिएर निक्कै उत्साही भएको पनि उल्लेख गरे । नेपाली र अंग्रेजी भाषामा निर्मित चलचित्र हाइवे टु धम्पुसको प्रिमियर शो नेपालमा पनि चाँडै नै हुने उनले बताए । ३२ बर्षिय राज बल्लभ कोइराला रेडियो कार्यक्रम प्रस्तोता हुँदै मोडलिङ अनि नेपाली चलचित्रमा प्रबेश गरेका हुन् । धेरै नेपाली चलचित्रमा आफ्नो अभिनयको जादु देखाइ सकेको नायक बल्लभले चलचित्र राघवमा भने निर्माण पक्षमा पनि हात हालेका थिए भने गत मङ्सिर १७ मा सम्पन्न भएको छैठौ ‘डिसिने अवार्ड’ मा फिल्म ‘६ एकान ६’ बाट उत्कृष्ट खलपात्रको अवार्ड समेत जितेका थिए। साथै, हिमालय खबरका संबाददातासंगको कुराकानीमा नायक कोइरालाले “हाइवे टु धम्पुस” रिलिजको संघारमा पेज भेरिफाईड हुदा बिदेशी बजारमा चलचित्र र नेपाली कलाकारको चिनारी र पहिचानमासहयोग पुग्ने बताए ।
ᐧ
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया