ओरेगनमा फुटसल तेक्वान्दो सम्पन्न
ओरेगन, –यहाँ स्थित रोस सिटी क्बलमा सञ्चालन भइ रहेको रोस सिटी फाइव अ साइड फुटसल लिगको उपाधि नेपाली खेलाडीहरूको टोली एफ सी हलिउड तेक्वान्दोले जितेको छ ।आफ्नो अन्तिम लिग खेलमा विजेता टिमले बुट्स अफ ग्लोरीमाथि पाँचका विरुद्ध १० गोलको फराकीलो जित दर्ता गराएको थियो । अन्तिम खेल वार्सिलोना कोर्टमा भएको थियो ।
विजेता टिमका लागि अमृत थापा र केविन महर्जनले तीन–तीन गोल गरेका थिए भने पासाङ्ग शेर्पाले दुई गोल गरेका थिए । त्यस्तै सूर्य थापा र विक्रम महर्जनले एक एक गोलको योगदान दिएका थिए ।
सूर्य थापा क्षेत्रीको नेतृत्वमा रहेको नेपाली टोलीले खेलेको कुल आठ मध्ये सात वटा म्याचमा जित हासिल गरेको थियो भने एउटामा पराजित भएको थियो ।नेपाली टोलीमा अन्य खेलाडीहरू केविन महर्जन, पासाङ्ग शेपा, अमृत वोहरा, बिक्रम महर्जन, प्रविन कर्माचार्य, सुजेन्द्र वज्राचार्य, अमृत थापा क्षेत्री र दिवाकर महर्जन छन् ।
खेलपछि कुरा गर्दै नेपाली खेलाडी दिवाकर महर्जनले साढे एक वर्षपछि आफूहरूले मिहिनेतको फल पाएको बताए । पछिल्लो सिजनमा हामी एक गोलको अन्तरले लिग विजेता हुनबाट वञ्चित भएका थियौँ । तर यस पटक भने लिगको उपाधि जित्दा निकै गौरवको अनुभव भइ रहेको छ ।’ उनले भने ।
विजयी टिमलाई एक समारोहबीच र सिटी फुटसलका निर्देशक एरिक डनलपले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया