शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०४:५०
वासिङटन डिसी 19:05

अमेरिकामा अग्ली भन्दा बिचार पुर्याउने कि ?

इनेप्लिज २०७१ पुष २६ गते १३:२४ मा प्रकाशित

bj (3)

महिलाहरुको उचाई सामान्य भन्दा अलिक ज्यादा भयो भने अग्ली केटी ,अग्ली आईमाई या अग्ली बृद्ध महिला भन्ने गरिन्छ l अग्ली भनेको बिकाशे मूला झैँ हलक्क बढेकीलाई जनाउदछ ,त्यो पनि स्त्री जातिलाई l पुरुषलाई अग्लो भनिन्छ l

महिलाहरु अमिताभ बच्चन जस्तै अग्ली भए अस्वाभाविक रुपले हेरी कस्ती अग्ली भनिन्छ l अग्ली भए आश्चर्य मानिन्छ l

अग्लिको कुरा गर्दा ७ फिट उचाइ भएकी रुमेसा गेल्गीलाई गिनिज विश्व पुस्तकले सबैभन्दा अग्ली युवतीको प्रमाणपत्र दिएको छ । र ,त्यो भन्दा पहिले संसारको सबैभन्दा अग्लि ब्राजीलकी नमुना स्त्री एलिस्ने डे क्रुज सिल्वा थिइन् उनको उचाई ६ फिट ८ इन्च अग्लि छिन् l

तर सिरहा घर भएकी उर्मिला कुमारी चौधरी नेपाल कि सबै भन्दा अग्ली महिला बन्न पुगेकी छिन l उनको उचाई ७ फित २ इन्च छ ,तर उनको टाउकोमा ऐजेरु (ट्युमर) पलाएको कारण एक्कासि अग्ली भएकी हुन् l उनले सबै किर्तिमान तोड्नु पर्ने र गिनिज विश्व पुस्तकमा नाम लेखाउनु पर्ने तर के कारण त्यसो हुन् सकेन पत्ता लगाउन सकिएन l

उचाई बेसी भएको स्त्रीलाई नेपालीमा अग्लि भनिन्छ l  र ,अंग्रेजीमा टल भन्ने गरिन्छ l तर अंग्रेजी बोलिने राष्ट्रमा अग्लि भनि उच्चारण गर्दा ठूलो दुर्घटना हुने हुन्छ l

अमेरिकामा अग्ली शब्द हामी नेपाली समुदायमा प्रयोग गर्न सक्छौ l तर बिदेशी महिलाको अगाडी अग्ली भनि दिनु भयो भने सत्यनास हुन्छ l र ,आफुले कुटाई खाने डर पनि हुन् सक्छ l

अंग्रेजीमा यु जी एल वाई ( अग्ली ,UGLY) अर्थ कुरुप ,नराम्री ,भद्धा ,डर लाग्दी ,भयङ्कर आदि भन्ने अर्थ लाग्दछ l तर संयोगबस हाम्रो नेपालीमा अग्ली भन्दा उचाई बेसी भएको महिलालाई जनाए पनि अंग्रेजी भाषा बोल्ने देशमा अग्ली भनि उच्चारण गर्दा ठुलो संकट आउने हुन्छ l

अमेरिकामा अग्ली शब्द प्रयोग गर्दा विवाद घट्न पुगेकोले साबधान अपनाउदा नै बुद्धिमानी होला l यहाँ पनि अमेरिका आउने तरखरमा हुनु हुन्छ भने दायाँ ,बायाँ ,पुर्व ,पश्चिम ,उत्तर र दक्षिण हेरी अग्ली शब्द प्रयोग गर्नु भयो भने महिला संगको झगडा बाट बच्न सक्नु हुन्छ l र ,विवादमा आईदैन l

अग्ली भन्दा के भयो ?

अमेरिका आएको एक बर्ष नहुदै एक नेपाली व्हाइट हाउस (राष्ट्रपति भवन) घुम्न जादा अग्ली अफ्रिकन अमेरिकन महिला देखे पछि उनकै शब्दमा वाउ ,हाउ अग्ली ( ओहो , कस्ती अग्ली ? मुख बाट के निस्केको थियो ? ति अग्ली ,कुरूप नभै उचाई भएकी महिलाले फर्केर ,के भनिस ? खाऊ लाई झैँ सवाल गरिन ? नेपालीलाई झन्डै बाघे झापु हानेकी l

उनले कुरा टार्न को सट्टा यु आर सो टल भन्नु पर्नेमा ,आत्तिएर ( टल को सट्टा फेरी अग्ली ) भनि दिएका मात्र के थिए , तेरो आमा अग्ली ,तेरी दिदि बहिनि अग्ली ,तेरो श्रीमती अग्ली भनि गाली खाएको घटनाले नेपाली शब्द भन्दा पनि अंग्रेजी जस्तो लागेकोले बबाल मचियो l

वरपरका मनिस आएर पंचायती समेत गर्नु पर्यो केवल अग्ली शब्द प्रयोग गर्दा l

अमेरिकामा जे जस्तो रुप भए पनि राम्री राम्री र सुन्दरी भनि भन्ने चलन छ l नराम्रो भन्दा अस्वाभाविक ठानिन्छ र कस्ती कुरुप भन्ने चलन नै हुदैन l अग्ली शब्द बिदेशी महिलाहरुको अगाडी प्रयोग नगर्दा नै उत्तम हुन्छ l

अमेरिकामा बिदेशीका बच्चाहरु जातै जमदार भनेको जस्तै जन्मदै ठुला हुन्छन नेपालीहरुको तुलनामा l यस्तै गरि बाल बगैचामा श्रीमती काममा भएको बेला नेपालीले आफ्नो बच्ची घुमाउन लादा बिदेशी महिलाकी कम उमेर भएको बच्चीकि आमालाई बच्चीको उमेर सोधे पछि ओहो ,कस्ती तंदुरुस्त बच्चा भने ( हाउ हेल्दी बेबी गर्ल ) बिदेशी महिलाबाट धन्यबाद खाए किनभने बिदेशीहरु शिष्टाचार ज्याद राख्दछन l

नेपालीले बच्ची तिर हेर्दै कस्ती मोटी र अग्ली के मात्र भनि दिएको थिए l  (पार्क ) बाल बगैचामा ठुलो विवाद हुन् गयो l

को होस् त ?

मेरो छोरी लाई अग्ली भन्ने ? कुरुप भन्ने अर्थमा उनले बुझिन

कड्केर ,उनले तेरो सबै सन्तान अग्ली होलान ?

त कहिले देखि अमेरिकामा छस ?

अनायास कुरा खप्नु परेको घटना केवल अग्ली शब्दले विवाद बनाएको यो शब्द बोल्दा होस् पुर्याउनु पर्ने हुन्छ l

अमेरिकामा बालबालिकालाई राम्रो ,राम्री ,सुन्दर तथा सुन्दरी भन्ने प्रचलन छ l हेर्ने बित्तिकै अहा भनि बयान गर्ने गरिन्छ l त्यो भन्नु पर्ने पनि हुन्छ l बालबालिकाहरुको लागि टर्रो र कठोर बन्ने भन्ने चिज नै शब्दकोषमा हुदैन l त्यसलाई शिष्टाचार मानिन्छ किनभने बालबालिका ईश्वरका रुप हुन् l र ,भबिष्यका उज्जवल तारा हुन् र सम्भावनाका भण्डार मानिन्छ l

यो कुरा संयोग हुन् पुग्यो कि अग्ली शब्दले अमेरिकामा अनर्थ लाग्ने भो lखोज गर्दै जादा यस्ता कैयौ शब्द भेटिन्छन जसले विवाद ल्याई दिन्छ l अहिलेको युगमा अग्ली शब्द संग जो कोहि पनि परिचित हुन्छ l यस्ता शब्द प्रयोग गर्दा एक पटक घोत्लिएर गर्दै नै उत्तम होला कि ?

अमेरिकामा अग्ली भन्दा बिचार पुर्याउने कि ? आगे यहाँहरुले सोच्ने कि ?

प्रतिक्रिया