एनआरएन अमेरिकाको महासचिबमा प्रसन्न संग्रौलालाई नै किन?
प्रसन्न संग्रौला महासचिबका उम्मेदवार
सामुदायिक भावना, सदभाव र भाईचारा हामी नेपालमा जन्मिएकाहरुको रगतमा सदैव संचार भैरहन्छ । यसै कारणले हामीमा सबै प्रती आदर , प्रेम र सहिष्णुता छ । शान्ति र विरतामा अटल बिश्वास छ । जन्म-भुमी नेपाल प्रती गर्व छ । यसै कारण त ” एक पटकको नेपाली सधैको नेपाली” । हामी अवसर र ज्ञानको खोजीमा अमेरिका आइ नेपालीत्वको भावनालाई आत्मासात गर्दै एक अर्कालाई आफ्नो क्षमता र विवेकको परिधिले भ्याउने सम्म सहयोग गर्दै आइरहेका छौ ।
यहि सामुहिक सदभावलाई संस्थागत गर्न र नेपाल र अमेरिकामा रहेका जनता वीच सेतु बनेर “नेपाली” हरुको बृहतर हित गर्ने उद्देश्यको साथ एन आर एन को स्थापना भएको त सबैलाई जानकारी छँदै नै छ । यो संस्थालाई अझ बढी प्रभावकारी बनाई “नेपाली” समुदायको हरेक स्थानमा प्रभावकारी उपस्थिति बनाउन म प्रसन्न संग्रौला महासचिवको रुपमा तपाईंहरुको प्रतिनिधित्व गरी योगदान दिन चाहन्छु ।
मेरो विश्वास ,तपस्या,र भरोसा अमेरिकामा बसि रहनु भएका तपाईं आदरणीय प्रवासी नेपालीहरुमा छ । नेपाली समुदायलाई अमेरिकामा प्रतिष्ठित बनाई गौरबशालि र पौरखी नेपालीको परीचयलाई अझ उचाई मा पुर्याउन मेरो उम्मेदवारी सहायक सिद्ध हुने कुरामा म बिश्वस्त छु ।
मेरा एजेन्डा सरल, सामान्य, र बिश्वासशिला छ्न ” एक पटकको नेपाली सधैको नेपाली ” को सपना र बिश्वास जस्तै ।
एजेन्डाहरु
जन्मभुमीको मायाको नाताले नेपाल र नेपाली सँग जोडिएका हरेक बिषय माथि चासो ब्यक्त गरी नेपाल बिकासमा सबैलाई उत्प्रेरित गर्दै एकतामा प्रवासी नेपालीलाई गास्ने ।
नेपाल सरकारको प्रवासी नेपालीलाई नागरिकता सम्बन्धि कानुनी मान्यतालाई तथ्य पुर्ण छलफलको माध्यमबाट समाधान गर्न हरेक तह र तप्कामा छलफल गर्ने ।
नेपाल र नेपालीको आर्थिक सम्बृद्धि र बिकासको लागि उद्धमशिलतालाई बढावा दिई नेपालमा प्रवासी नेपालीको लगानीलाई सहज बनाउन नेपाल सरकार सँग समन्वय गर्ने ।
यस संस्थालाई सेवा मुलक संस्थाको रुपमा बिकास गरी सबै नेपालीको संस्था बनाउने । नेपालमा जन्मिएर अमेरिका आएका र अन्य देशमा जन्मी अमेरिकामालाई कर्मथलो बनाएका नेपाली भाषा बोल्ने अन्य देश, जस्तै भुटान, बर्मा, भारतका नेपालीहरुलाई पनि यस संस्थामा गोलबद्ध गर्ने ।
अमेरिकामा बिभिन्न स्वरुपमा जस्तै डि भि, विद्यार्थी, पर्यटक, कलाकार आदी भएर आउन चाहने र आई सकेका नेपालीहरुको सुबिधाको लागि एक सुचना केन्द्रको स्थापना गर्ने ।
सबै जात-जातीले परापुर्बकाल देखी मान्दै आएको चाडपर्वलाई जीवन्तता प्रदान गर्न समान्वयकारी भूमिका निर्वाह गर्ने ।
भैपरी आउने प्रकृतिक र मानवीय बिपतीको लागी आपतकालिन कोष खडा गर्ने । प्रत्यक राज्यमा नेपाली समन्वय केन्द्र स्थापना गर्ने ।
अमेरिकी विश्वविद्यालयबाट दिक्षित बिद्यार्धीहरुलाई कामको खोजीमा सहयोग गर्न बिभिन्न अमेरिकी कार्यालयहरुमा स्थापितहरु सँग हातेमालो गरी अगाडी बढ्ने ।
अमेरिकामा स्थापित विभिन्न बिषयका प्रबुद्ध प्रवासी नेपालीहरुको समुह निर्माण गरी नेपाल सरकारलाई उचित परामर्श प्रदान गर्ने ।
अमेरिकामा राजनैतिक शरण लिएर बसोबास गरि रहेका प्रवासी नेपालीहरुलाई कानुनी उपचारको लागि सहयोग गर्ने ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया