अमेरिकाको टेक्ससमा एनआरएनए चहलपहल सुरु
नेपाली जनसम्पर्क समिति वेस्ट टेक्सासका अध्यक्ष हरिबोल भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा ६२ जनाले NRNA को सदस्यता लिए I कार्यक्रमलाई Skype मार्फत NRN NCC अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले सम्बोधन गर्नु भएको थियो I उहाँले NRNAले आजसम्म गरेको उपलब्धिका बारे जानकारी गराउदै NRNAको उदेश्य, औचित्य र भूमिकाका विषयमा विस्तृत जानकारी गराउनु भयोI
कार्यक्रमका बिशिष्ठ अतिथि शैलेश आचार्यले संसारभरि छरिएका नेपालीहरूले पुर्खाको बिरासत र आफ्नो साकृतिक पहिचानको लागि दरो सङ्गठनको आवश्यकता रहेको र त्यसका लागि सबैजना NRNAमा आबद्द हुनु पर्नेमा जोड दिनु भयो I कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी कपिल अधिकारी आगत पिढीलाई पनि नेपाली हौ भन्ने बनाई राख्न, एक पल्टको नेपाली सधैको नेपाली बनाउन NRNAले निर्वाह गरेको भूमिका प्रकाश पार्दै सबैलाई सदस्यता लिन आग्रह गर्नुभयो I
कार्यक्रममा अमृत सापकोटा,प्रबिण राज घिमिरे, भरत आर्याल, दीपक घिमिरे, किशोर खड्का, मोहन राज बानिया, शरद जोशी, विनोद कुमार तिवारी, राजु बोम्जन, शिला घिमिरे, सुनिता थापा, प्रिती भण्डारी, हरि ढकाल, रवि बस्नेत, राम राज पोख्रेल,बिजय मान श्रेष्ठ, लगायत ठुलो सङ्ख्यामा स्थानीय नेपालीहरूको उपस्थिति थियो I
यसैगरि आउदो आइतबार ११ जनवरी अपरान्ह ४ बजे डालस-फोर्थवोर्थ NRNA सदस्यता वितरणको कार्यक्रम राखिएको छ I स्थानीय नेपाली मन्दिर, नेपाली सास्कृतिक तथा आध्यात्मिक केन्द्रको भवनमा सञ्चालन हुने , सो कार्यक्रममा उपस्थित हुन र NRNAको सदस्यता लिन सबै नेपालीहरुमा आयोजक नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराई तथा NRNA अमेरिकाका कोषाधक्ष वेदराज बस्नेतले अनुरोध गर्नुभएको छ I

नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया