समयमै संविधान आउने सम्भावना टरेको छैन: नेम्वाङ
काठमाडौँ, २५ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विवादित अन्तर्वस्तुमा दलहरुबीच यही पुस २९ गते राति ११ बजेसम्म सहमति हुन सके आगामी माघ ८ मा संविधान जारी गर्ने सम्भावना जीवितै रहेको बताउनुभएको छ ।
निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नका लागि दबाब दिने उद्देश्यले बुझाएको पेसागत महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले संविधानका विवादित अन्तर्वस्तुमा दलहरु संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः छलफल गर्न तयार भएकाले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
आफूले दलका नेताहरुलाई २४ घन्टा अहोरात्र खटेर समितिले पाएको अवधिमा छलफल गरी पुस २९ गतेसम्म सहमतिमा पुग्न आग्रह गरेको बताउँदै सभामुख नेम्वाङले सो अवधिसम्ममा सहमति भए संविधानसभा नियमावलीका केही प्रावधान निलम्बन गरेर भए पनि निर्धारित समयमा संविधान जारी गर्न सकिने जिकिर गर्नुभयो ।
निर्धारित समयमै संविधान जारी गर्न पाउनु दलहरुका लागि अवसर भएकाले दलहरुले यो अवसरलाई गुमाउन नहुने उहाँको भनाइ थियो । पेसागत महासङ्घले माघ ८ गते नै संविधान जारी गर्न दबाब दिने उद्देश्यले एक लाखभन्दा बढी पेसाकर्मीको हस्ताक्षरसहितको तुल नेम्वाङलाई बुझाएको थियो । रासस
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया