शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०७:४७
वासिङटन डिसी 22:02

राष्ट्रपति र इजरायलका कृषिमन्त्रीबीच भेटवार्ता

इनेप्लिज २०७१ पुष २५ गते १५:२७ मा प्रकाशित

काठमाडौँ, २५ पुस । राष्ट्रपति डा. रामवरण यादवसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका इजरायलका कृषि तथा ग्रामीण विकासमन्त्री याइर समिरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच दुइदेशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसीहित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटवार्ताको क्रममा उहाँहरूले दुई देशबीचका सम्बन्धलाई अझ सुमधुर र फलदायी बनाउने तथा सहयोगका क्षेत्रहरूको थप पहिचान गरी अघि बढनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति डा. यादवले नेपालको विकासको लागि इजरायलले पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्र उर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माण भएको उल्लेख गर्नु भएको थियो ।

कृषिमन्त्री समिरले राष्ट्रपति डा यादवलाई नेपालको तर्फबाट इजरायलमा लामो समयदेखि उच्चस्तरीय भ्रमण हुन नसकिरहेको अवस्था रहेकाले उच्चस्तरीय भ्रमणको अपेक्षा गरिएको जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया