विकासप्रति नेपाल उत्साहित छ: प्रम कोइराला
काठमाडाँ, २५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनतामा विकासप्रति ठूलो उत्साह रहेको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री याइर समिरसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले भन्नुभयो, “सबै नेपालीमा विकासप्रति ठूलो उत्साह छ । त्यसैले म नेपालको भविष्यप्रति आशावादी छु ।”
प्रधानमन्त्री कोइरालाले अहिले शान्ति, सहअस्तित्व, सद्भाव र विकासको युग भएकाले नेपाल शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।
नेपालले सङ्घीयता, गणतन्त्र र समावेशीतासहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धि हासिल गरेको र वर्तमान संविधानसभा त्यसलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने चरणमा रहेको जानकारी दिँदै उहाँले संविधान जारी भएपछि विकासले गति लिनेछ भन्नुभयो ।
इजरायलका लगानीकर्तासमक्ष नेपालमा लगानी गर्ने सन्देश पु¥याउन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले इजरायलले नेपाली कामदारलाई दिएको रोजगारी र रोजगारीउन्मुख तालिमको पनि सराहना गर्नुभयो ।
भेटका अवसरमा इजरायली मन्त्री समिरले नेपालले इजरायलसँग कूटनीतिक सम्बन्ध विकसित गरेर ठूलो गुन लगाएको बताउनुभयो ।
उहाँले इजरायल–नेपाल सम्बन्ध ५५ बर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया