निर्देशकबाटै यसरी यौन प्रस्ताव आउँछ हिरोइनलाई नेपाली फिल्ममा
काठमाडौं, २५ पुस । नेपाली फिल्मकी एक जना निर्देशकको कर्तुत पर्दाफास भएको छ । मोडल एवं नयाँ हिरोइन आयुषा राईले निर्देशक मुनाल शिशिर कोइरालाले गरेको यौन प्रस्तावको सप्रमाण पर्दाफास गरेकी हुन् ।
नायिका राइले आफूसँग कोइरालाले फेसबुकमा गरेको च्याट समेत सार्वजनिक गरेकी छिन् । आफूलाई नेपालको टम नायिका बनाइदिने तर आफूसँग सँगै ओछ्यानमा फिलिङसहित सुत्नुपर्ने प्रस्ताव गर्दै मुनालले फेसबुक च्याट गरेपछि आयुषाले रहष्य खोलेकी हुन । च्याट र प्रत्यक्ष भेटमा समेत यौन सम्बन्धको प्रस्ताव राखेको हिरोइन आयुषाले बताएकी छिन् । उनले सार्वजनिक गरेको फेसबुक स्टाटसमा दुवैजनाबीच भएको कुराकानी समेत प्रस्ष्ट देखिन्छ । कोइराला म्यूजिक भिडियोको क्षेत्रमा समेत आलोचना भोगिरहने निर्देशक हुन् ।
आयुषा गत भदौमा प्रर्दशन भएको फिल्म बिर्खेलाई चिन्छस नामक फिल्मबाट चलचित्र .क्षेत्रमा प्रवेश गरेकी हुन् । आयुषाले निर्देशक कोइरालालाई सबक सिकाउनु पर्ने उल्लेख गरेकी छन् । यद्यपि निर्देशक कोइरालाले भने आयुषाको आरोपको खण्डन गरेका छन् । दैनिक नेपाल डटकमबाट
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया