बैँकर रवीनालाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौँ, २४ पुस । नेपालको बैंकिङ क्षेत्रमा ख्याति कमाएको मेगा बैंकका नायब महाप्रबन्धक रवीनादेशराज श्रेष्ठले सिङ्गापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय सम्मान ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्राप्त गर्नुभएको छ ।
गत कात्तिक महिनामै घोषणा गरिएको उक्त सम्मान सोमबारमात्रै सिङ्गापुरमा प्रदान गरिएको बुधबार नेपाल फर्कनुभएकी श्रेष्ठले राससलाई बताउनुभयो । एसियाका मनोनयनमा परेका ६१३ महिलामध्ये श्रेष्ठ २० जनाभित्र छानिनुभएको हो । सम्मानका लागि २७ राष्ट्रका सफल महिला, उद्यमी एवम् व्यवसायी प्रतिस्पर्धामा थिए । सो सम्मान बैंकिङ क्षेत्रका साथै आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई छनोट गरी एसई एसिया नामक संस्थाले प्रदान गर्दै आएको छ ।
श्रेष्ठले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रियताका लागि सो सम्मानले आफूलाई प्रोत्साहन गरेको जानकारी दिनुभयो ।
मेगा बैंकका चिफ विजेनस अफिसर श्रेष्ठले यसअघि गत भदौ २१ गते मलेसियाबाट प्रदान गरिने ‘२१औँ शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ प्राप्त गर्नुभएको थियो । भारतको कोलकातास्थित ‘मदन टेरेसाज होम फर द वल्ड एन्ड चिल्ड्रेन’बाट आफ्नो वृत्तिविकास सुरु गर्नुभएकी श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत कामको अनुभव लिइसक्नुभएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया