ओली निवासमा पुगे भारतीय राजदूत
भक्तपुर, २४ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी ओली र भारतीय राजदूत रञ्जित रे बीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज अपराह्न ४ बजेदेखि सुरु भएको भेटवार्ता पौने दुई घन्टा चलेको थियो ।
अपराह्न ४ बजे ओली निवास पुग्नुभएका भारतीय राजदूत रे र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सकेर राजदूत रे साँझ ५ः४५ बजे बाहिरिनु भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओली र राजदूत रे बीच नेपालको वर्तमान राजनीतिक जटिलताका बारेमा छलफल भएको बताइएको छ । माघ ८ मा संविधान जारी गर्नेबारेमा छलफल भएको र दलबीचको सहमतिका विषयमा पनि छलफल भएको बताइएको छ ।
भारतीय राजदूत रे माघ ८ मै संविधान जारी गर्नुपर्ने पक्षमा रहनुभएको बताइएको छ ।
अध्यक्ष ओली र मधेसी मोर्चाबीच सम्बन्ध बिग्रिएको बेलामा भएको राजदूत रेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । वार्तामा भारतीय राजदूत रेले संविधान निर्माण र सहमतिका लागि भएका प्रयासका बारेमा जिज्ञासा राखेको बताइएको छ ।
वार्तामा सकेसम्म सहमतिबाटै संविधान जारी गर्ने, सहमति नभएमा प्रक्रियाबाट संविधान जारी गर्नेबारेमा समेत कुराकानी भएको बताइएको छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया