फ्रान्समा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा
काठमाडौँ, २४ पुस । सरकारले फ्रान्सको राजधानी पेरिसस्थित चार्ली हेब्डो समाचारपत्रको कार्यालयमा बुधबार भएको आतङ्कवादी आक्रमणबाट गम्भीर रूपमा स्तब्ध भएको जनाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ ।
आक्रमणमा परी उक्त समाचारपत्रका सम्पादक, पत्रकार र सुरक्षाकर्मीको ज्यान गएको तथा कैयौँ घाइते भएकामा आतङ्कवादका जुनसुकै रूप र माध्यमको पनि नेपाल सरकार निन्दा गर्दछ भन्दै सञ्चारमाध्यममा भएको उक्त जघन्य आक्रमण अमानवीय एवम् कायरतापूर्ण भएको भन्दै परराष्ट्र मन्त्रालयले त्यसलाई अक्षम्य कृत्यको सङ्ज्ञा दिएको छ ।
आक्रमणमा दिवङ्गत भएकाहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै सरकारले फ्रान्स सरकार र त्यहाँका जनताको आतङ्कवादविरुद्धको सङ्घर्ष र अभिव्यक्ति स्वतन्त्रताको रक्षाप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
विश्व प्रेस जगतलाई नै मर्माहत बनाउने सो घटना पत्रकारको जीवन रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ज्यादती हो भन्दै फ्रान्सेली पत्रकारमाथि भएको त्रासदीपूर्ण र बर्बर आक्रमणको भत्र्सनाका साथ त्यहाँका जनताप्रति ऐक्यबद्धता एवम् शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
यसैगरी, मानवअधिकार तथा शान्ति समाजले यमनको राजधानी सानामा बुधबार भएको आत्मघाती हमलामा परी ५० जना मारिएको घटना र फ्रान्सको पेरिसस्थित साप्ताहिक पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै यस्तो क्रुर एवम् बर्बर कृत्य कायर मानसिकताको उपज हो भने शान्ति र स्वतन्त्रतामाथिको निर्मम प्रहार हो भन्दै यस्ता कुनै पनि कृत्य सभ्य समाजका लागि सदैव अस्वीकार्य रहेको जनाएको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया