संवाद समितिको प्रतिवेदनमाथिको छलफल सकियो
काठमाडौँ, २४ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको छ ।
समितिको प्रतिवेदनमाथि बोल्दै नेपाली काँग्रेसका सभासद् गगन थापाले संविधान लेखनको काम छोडेर आन्दोलन गर्ने धम्की नदिन एनेकपा माओवादी र मधेसी मोर्चालाई चेतावनी दिनुभयो ।
नेकपा (एमाले)का सभासद् प्रेमबहादुर आलेमगरले एमाओवादीलगायतका विपक्षी दलले संविधान बनाउने कामलाई छाडेर आन्दोलनमा उत्रनु असान्दर्भिक भएको बताउनुभयो । एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले सहमति नभए देश मुठभेडमा जाने बताउनुभयो ।
सो समितिको प्रतिवेदनमाथि गत मङ्सिर २९ देखि सभासद्ले बोल्ने क्रम प्रारम्भ भएको थियो । प्रमुख दलबीच सहमतिको प्रयास जारी रहेकाले सो प्रतिवेदनमाथिको छलफल लम्बिएको हो ।
राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली, निर्वाचन प्रणालीमाथि सहमति नभएपछि समितिले निष्कर्षबिना नै प्रतिवेदन पेस गरेको थियो ।
संविधानसभाको आजै बस्ने अर्काे बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले सभासद्का धारणामाथि जवाफ दिने र पुनः समितिमा निर्णयार्थ पठाउने प्रस्ताव प्रस्तुत हुने कार्यक्रम छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया