शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १०:५५
वासिङटन डिसी 01:10

दलहरु वार्तामा जुट्दै

इनेप्लिज २०७१ पुष २४ गते ५:४५ मा प्रकाशित

baluwatar

काठमाडौं २४ पुस ।
संविधानका विवादित विषयमा सहमति गर्न प्रमुख दलहरुको प्रयास आज पनि जारी रहने भएको छ । हिजो सहमतिका लागि निर्णायक वार्ता गर्ने भनेर छलफलमा बसे पनि तराई केन्द्रित दलहरुले सम्पूर्ण मधेस एक प्रदेशको अडान राखेपछि बैठक निष्कर्षविहिन भएको थियो ।

आज नेताहरुले संविधानसभालाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णय दिने बताएका छन् । लम्बिरहेको संविधानसभाको बैठकलाई अनिर्णयको बन्दी बनाएको भन्दै सभाध्यक्षले हिजो शीर्ष नेताहरुको ध्यानाकर्षण गराएपछि आजको संविधानसभाको बैठक अघि नै निर्णय गर्ने प्रतिवद्धता नेताहरुले गरेका छन् । त्यसका लागि नेताहरु छलफलमा जुट्ने भएका छन् ।

प्रतिक्रिया