बुधबार, असोज २९ २०७६
काठमाडौं ०६:२२
वासिङटन डिसी 20:37

भिडियो सम्पादनमा जम्दै प्रदिप

इनेप्लिज २०७१ पुष २४ गते ५:४१ मा प्रकाशित

pradip dahal
नेपाली संगीत जसरी अगाडी बडेको छ त्यसरी नै यस क्षेत्रको बिभिन्न बिधामा लाग्नेहरुको भिड पनि बढी रहेको छ । यसै क्रममा म्युजिक भिडियो सम्पादनमा अहिले एउटा नाम निकै सुनिन थालेको छ “प्रदिप दाहाल” । सानै बाट भिडियो सम्पादक बन्ने सोच बोकेर काठमाडौं छिरेका प्रदिप, आहिले यो क्षेत्रको ब्यस्त सम्पादक बनेक छन ।

भिजन नेपाल फिल्म्सबाट आफ्नो सम्पादन यात्रा सुरु गरेका दाहालले अहिले सम्ममा करिब एक हजार भन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसकेका छन । यीनले छोटो समयमा नै थुप्रै नब कलाकार तथा चार्चित गायक – गायीकाको गीतहरु सम्पादन गरिसकेका छन । दाहालले सम्पादन गरेका : अन्जु पन्त को “मलाई माया गर्ने मान्छे”, शिव परियारको “सिउदोमा सिन्दुर्”, मिलन आमात्यको “छिटै फर्की आउ” आदी गीत अहिले बजारमा लोकप्रिय छन ।

चार बर्ष अघिबाट यो क्षेत्रमा लगेका उनि अहिले २३ बर्षका भए, सानै उमेर भएपनी उनको काम भने सबैले प्रसम्ंसा गर्ने गर्द्छन । तेसैले त थुप्रै निर्मता तथा निर्देशकको आखांमा उनि परेका छन । उनि भन्छन “मलाई अहिले थुप्रै काम आइराखेको छ, सानो भए पनि सबैले माया र बिश्वास गर्नु भएको छ” । उनि अब चलचित्र सम्पादन मा पनि लाग्ने सोचमा छन । आश गरौ चाडै उनले सम्पादन गरेको चलचित्र पनि हेर्न पाइयोस ।

 

pradeep dahal1

प्रतिक्रिया