कथित इस्लामीकरणको बिरोधमा जर्मनीमा बृहत प्रदर्शन
काठमाडौ, २२ पुस । युरोपमा कथित इस्लामीकरणको बिरोधमा इस्लाम बिरोधी र समर्थकले जर्मनीको अलग-अलग शहरमा प्रदर्शन गरेका छन् ।
पेट्रियाटिक युरोपियन्स अगेन्स्ट द इस्लामाइजेशन अफ वेष्ट अर्थात पेगिडा नामक आन्दोलनको नाममा गत अक्टोबरदेखि हरेक साता जर्मनीमा प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शनकै क्रममा पेगिडाका समर्थकहरुले जर्मनीको ड्रेसडेन शहरमा एक बिशाल र्यालीको आयोजना गरेका छन् जसमा १८ हजार प्रदर्शनकारीहरु सहभागी भएका छन् भने र्यालीको बिरोधमा पनि बिशाल प्रदर्शन भएको छ ।
जर्मनीको बर्लिन, कोलोग, र स्टुटगार्टमा भेला भएका बिरोधीहरुले पेगिडाको बिरोधमा नारा लगाएका छन् ।
आन्दोलन जारी रहेकै बेला जर्मन चान्सलर एन्जेला मर्केलले पेगिडा आन्दोलनका नेता कार्यकर्ताहरुलाई पूर्वाग्रह र उदासीनताका शिकारको संज्ञा दिएपछी पेगिडाका समन्यवकर्ता कैथ्रीन ओरटेलले खण्डन गर्दै जर्मनी राजनैतिक दमनतर्फ अग्रसर भएको आरोप लगाएका थिए ।
जर्मनीमा बिभिन्न युरोपेली राष्ट्रका नागरिकहरु रहेको र त्यसमध्ये अधिकांश सिरियाका नागरिकहरु रहेका छन् । स्रोत :एजेन्सी
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया