भारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा अष्ट्रेलियाको शानदार सुरुआत
इनेप्लिज
२०७१ पुष २२ गते १२:२३ मा प्रकाशित
काठमाडौ, २२ पुस । भारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा पनि अष्ट्रेलियाले शानदार सुरुआत गरेको छ । सिड्नीमा जारी खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमले आक्रामक प्रदर्शन गर्नेक्रममा २ विकेट गुमाएर ३ सय ४८ रन बनाएको छ ।
डेभिड वार्नर १ सय १ तथा क्रिस रोजर्स ९५ रनमा आउट भएका छन् । कप्तान स्टेभेन स्मिथ ८२ तथा शेन वाट्सन ६१ रनमा अविजित छन् । चार खेलको श्रृंखलामा दुई खेल जितेसँगै अष्ट्रेलियाले श्रृंखलामा भने कब्जा जमाइसकेको छ । तेस्रो खेल बराबरीमा सकिएको थियो ।
सिड्नी टेष्टबाटै भारतको कप्तानी सम्हालेका विराट कोहलीका लागि यो खेल निकै प्रतिष्ठाको रुपमा हेरिएको छ । यो खेल पनि हारे भारत टेस्ट वरीयतामा सातौं स्थानमा झर्नेछ । तस्वीरः एजेन्सी
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया