आफुहरुलाई बाईपास गरि संबिधान जारि गरे मान्य हुँदैन – नेता विश्वकर्मा
शरद रेग्मी:दाङ, २२ पुष । नवगठित नेकपा माओवादीका प्रवत्ता खड्ग बहादुर विश्वकर्माले आफुहरुलाई बाईपास गरि संबिधान जारि गरे त्यो आफुहरुलाई मान्य नहुने बताउनु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिश्वकर्माले जनताको चाहना बिपरित दलहरु अगाडि वढे त्यो आफुहरुलाई मान्य नहुने बताउनु भएको हो ।
अहिलेको निकास भनेको राष्ट्रिय राजनितिक सभा मार्फत सहमतिको बिन्दु खोज्नु हो उहाको भनाई थियो । बिश्वकर्माले भन्नु भयो ‘ राजनितिक सभाले मात्र अहिलेको गतिरोध अन्त्य हुन्छ ।’
उहाले सक्तासिन दलहरुले १२ वुदे र बिस्तृत शान्ति सम्झौताको पालना नगरेका कारण मुलुकमा गतिरोध लम्विएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘परिवर्तन सुनिश्चत गर्न दलहरु तयार नभए त्यो वचपना हुनेछ , त्यसको भागिदार सत्तासिन दलहरु हुनेछन’ ।
नेता विश्वकर्माले मुलुकमा अहिलेको परिवर्तन माओबादिले ल्याएको भन्दै अवपनि माओबादिबाट जनताले ठुलो अपेक्षा गरेको बताउनु भयो ।
उहाँले प्रचण्ड र मोहन वैद्य किरणले अवसर पाउदा पनि जनताको परिवर्तनको चाहना अनुसार काम गर्न नसकेका कारण आफुहरुले पार्टि पुर्नगठन गर्नुपरेको बताउनु भयो ।
उहाँले यो फुट कम्युनिष्ट र अन्य प्रजातान्त्रिक पार्टिहरुका लाग समेत अन्तीम फुट हुने बताउनु भयो । उहाले अव आफुहरुले सवैदल र बिभिन्न क्षेत्रमा रहेका राष्ट्रवादि र राष्ट्रिय स्वाधिनता चाहने जनतालाई समेटेर मुलु्कको परिर्वतनको लागि अगाडि वढने बताउनु भयो ।
अर्को प्रशगमा बोल्दै आगामि दिनमा पार्टि कसरि अगाडि वढने भन्ने कुरा भोलि देखि दाङमा हुने केन्द्रिय सम्मेलनले तय गर्ने बताउनु भयो । विश्वकर्माले सम्मेलनबाट बिश्व परिवेश ,राष्ट्रिय राजनिति र जटिलता पहिचान गरि पार्टिको नयाँ कार्यदिशा तय हुने र सोहि अनुसार पार्टि गतिविधि अगाडि वढाईने बताउनु भयो ।
रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रि समेत रहेका नेता बिश्वकर्माले पार्टिले सम्मेलनका लागि स्वईच्छिक चन्दा संकलन गरिरहेको बताउनु भयो ।
सोहि अवसरमा उहाले पार्टि अहिले शान्ति पुर्ण रुपमा अगाडि वढने र यदि संसदबादि दलहरुले पेलेर जान खोजे पार्टिको कार्ययोजना परिवर्तन हुने सक्ने बताउनु भयो ।
नेकपा माओबादिको भोलि बुधबार देखि दाङको तुलसीपुरमा ४ दिने केन्द्रिय सम्मेलन हुन लागेको छ । त्यसको पुर्व सन्ध्यामा सम्मेलनमा लैजाने एजेण्डका बिषयमा छलफल गर्न हिजो र आज केन्द्रिय समितिको वैठक समेत सम्पन्न भएको नेकपा मओवादी दाङका ईन्चार्ज शितलले जानकारी दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया