मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:१७
वासिङटन डिसी 21:32

गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड -२०१४ को घोषणा

इनेप्लिज २०७१ पुष २२ गते ११:३७ मा प्रकाशित

b

देशभरका खाध्य प्रविधिका स्नातक तहका उत्कृष्ट बिद्यार्थी मध्य दुइ जना लाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड २०१४ को घोषणा गोविन्द बल्लभ पन्त मेमोरिअल ट्रष्टले गरेको छ |

यस वर्ष गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड २०१४ सुश्री करुणा खरेल ,नेशनल कलेज अफ फुड टेक्नोलोजी काठमाडौँ (त्रिभुवन बिश्वबिध्यालय )तथा रामहरी लामिछाने ,कलेज अफ फुड एंड डेरी टेक्नोलोजी ,काठमाडौँ (पूर्वान्चल बिश्वबिध्यालय )लाई प्रदान गरिने भएको छ l

ट्रष्टले नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा ) संगको सहकार्यमा प्रत्येक वर्ष नगद पुरस्कार सहित यो अवार्ड वितरण गर्दछ |नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा)को दोस्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा सन् २०१२ मा उनका देश बिदेशमा रहेका खाध्य बैज्ञानिक तथा प्राविधिज्ञ सहकर्मीहरुले यो ट्रष्ट स्थापना गरेका हुन् ।

वैतडी जिल्लामा जन्मिएका पन्तले धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसबाट बि.टेक.अध्ययन गरेका थिए । उनको ०६८ सालमा असामयिक निधन भएको थियो ।ट्रष्टले निकट भबिश्यमा नै यो अवार्ड एक बिशेष समारोह बीच काठमाडौँमा प्रदान गरिने जानकारी ट्रस्टका अध्क्षय हिक्मत थापाले जनाएका छन् l

ट्रस्टका अध्क्षय हिक्मत थापा धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसबाट बि.टेक.अध्ययन गरेका हुन् भने हाल उनि नाईजेरियामा बस्दै आई रहेका छन् l र, गैर आवासीय नेपाली संघ नाईजेरियाका सल्लाहकार पनि हुन् l

प्रतिक्रिया