वियरको बोत्तलमा गान्धीको फोटो राखेकोमा कम्पनीले माफी माग्यो
इनेप्लिज
२०७१ पुष २१ गते ९:२७ मा प्रकाशित
काठमाडौ, २१ पुस । एक अमेरिकी कम्पनीले वियरको बोत्तलमा महात्मा गान्धीको फोटो लगाएकोप्रति माफी मागेको छ।
कनेक्टिकटस्थित न्यू इंग्ल्याण्ड ब्रुइंग नामक कम्पनीले उत्पादन गरेको बियरको बोत्तलमा गान्धीको तस्विर राखिएको थियो। यो बियर ब्रान्डको नाम नै ‘गान्धी वट’ हो। तर, कम्पनीले भने त्यसका लागि गान्धीका नाति, नातिनीसँग अनुमति लिएको दावी गरेको छ।
हायद्रावादस्थित वकिल सुंकारी जनार्दनले गान्धीको अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए। भारतीय कानुनअनुसार कुनै पनि रक्सीको बोत्तलमा गान्धीको फोटो राख्नु दण्डनीय अपराध हो।
अदालतमा मुद्दा परेपछि कम्पनीका सहयोगी मेट वेस्टफालले भने ‘हाम्रो उद्देश्य कसैलाई दुःख पु¥याउनु थिएन तर, यसबाट भारतीय जनताको भावनामा चोट पुगेको भए हामी माफी चाहन्छौँ।’ एजेन्सी
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया