बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १९:५२
वासिङटन डिसी 10:07

चलचित्र हाउ फन्नीको छायाँकन सकियो

इनेप्लिज २०७१ पुष २१ गते ९:२४ मा प्रकाशित

Sostani-335x232

काठमाडौं, २१ पुस । गत मङ्सिर २० बाट छायांकन प्रारम्भ भएको फिल्म हाउ फन्नीको छायांकन सकिएको छ । फिल्मको छायंकन २५ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षका अनुसार हिजो साँझ फिल्मको इन्ड क्ल्याप भएको हो । उनीहरुको अनुसार फिल्मको ३ गीतको छायंकन अझै गर्न बाकी रहेको छ । निर्देशक निलु डोमा शेर्पाले भनिन्–‘मौसमको कारणले गर्दा हामीले एउटा गीत र सम्पूर्ण सिन सकायता पनि फिल्मको ३ गीत भने बाँकी छ ।’

Malvika Subba

शर्ट फिल्मको निर्देशन गरेता पनि फिचर फिल्मको निर्देशनमा डेब्यु रहेको स्मरण गर्दै उनले थपिन्–‘सबैले साथ् दिँदा काम गर्न निकै सजिलो हुँदो रहेछ । हामी सेटमा नहासेको दिन नै भएन । सायद फिल्मको नामले गर्दा पनि यस्तो भएको होला । साथै हाम्रो टीममा जुन हौसला छायांकन अघि थियो त्यहि हौसला र जोशले फिल्म सकायौं ।’
हिजो अन्तिम दिनको छायंकनमा दयाहाङ राइ, प्रियंका कार्की , केकी अधिकारी उपस्थित थिए । र उनीहरु फिल्मको अन्तिम दृश्यमा अभिनय गर्न व्यस्त थिए । फिल्ममा प्रियंका र केकिलाई जासुसको भूमिकामा देख्न सकिने शेर्पाले जानकारी दिईन् ।

यसै फिल्मबाट कार्यकारी निर्मात्रीको रुपमा नेपाली फिल्ममा प्रवेश गरेकी माल्भिकाले पनि टीमवर्क मिल्दा काम गर्न निकै सजिलो भएको बताइन । हामी जुन आशाका साथ् छायाँकनमा गएका थियाँै त्यो पायौ र हामीले सोचेको कुरामा हामी सफल भएका छौ तर सम्झौता नै नगरिएको पनि हैन माल्भिकाले बताईन् ।

साथै फिल्म निर्मात्रीको अनुभव आफ्ना लागि निकै नौलो रहेको समेत बताइन । सुरुमा निकै आतिएको थिएँ अरुको कुरा सुनेर तर काम गर्दै जाँदा निकै सहज भयो सबैलाई धन्यवाद , यस्तै सहयोगको अपेक्षा आगामी दिनमा पनि राख्दछौु माल्भिकाले फिल्मको कलाकार , प्राविधिकसंगै मेडियालाई पनि द्धन्यवाद दिईन् ।

कार्यकारी निर्माता रहनुभएकी पुर्व मिस नेपाल माल्भिका सुब्बाको संयोजकत्वमा नेपाली फिल्म उधोगका केही कुशल कलाकार तथा प्राविधिज्ञ सहित ूमित्रता, विश्वास र साहसू को कथामा यस फिल्मको निर्माण गर्न लागिएकोछ ।

कलाकार तथा प्राविधिक  कथारपरिकल्पना  निलु डोमा शेर्पा, लेखन् शान बस्न्यात, निर्देशक निलु डोमा शेर्पा, निर्माता आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा, कार्यकारी निर्माता माल्भिका सुब्बा र कलाकार प्रियंका कार्की, केकि अधिकारी, दयाहाङ राई, अनुप बिक्रम शाही ,निशा अधिकारी, शिशिर राणा रहेका छन् भने छायांकन हरी हुमागाइले गरेका छन् । प्रोडक्सन डिजाइनर  एमजे, संगितमा भने सुरेस अधिकारी रहेका छन् । फिल्मको छायंकन काठमाण्डौ र थानकोटमा गरिएको हो ।

प्रतिक्रिया