बुधबार, कार्तिक २७ २०७६
काठमाडौं ०८:४५
वासिङटन डिसी 22:00

सातौ राष्ट्रिय तेक्वान्दो तथा आठौ निर्णायक रिफ्रेसर कोर्ष तालिम शुरु

इनेप्लिज २०७१ पुष २१ गते ९:२२ मा प्रकाशित

Sostani-335x232

शरद रेग्मी: दाङ, २१ पुष । दाङको तुलसीपुरमा आज देखि सातौ राष्ट्रिय तेक्वान्दो तथा आठौ निर्णायक रिफ्रेसर कोर्ष तालिम शुरु भएको छ ।

नेपाल तेक्वान्दो महासंघ निर्णायक ब्यवस्थापन समितिको आयोजनामा हुन लागेको तालिम ४ दिन सम्म चल्ने छ । तालिममा मध्य तथा सुदुर पश्चिमका ९० जनाको सहभागिता रहेको नेपाल तेक्वान्दो महासघले जनाएको छ । तालिममा प्रथम पुम्से निर्णायक तालिम समेत हुने आयोजकले जनाएको छ ।

तालिमको प्रशिक्षकहरुमा तेक्वान्दोका अन्तराष्ट्रि रेफ्रिहरु अर्जुन विक ,नोर्वुलामा ,नविन श्रेष्ठ , वद्रि घिमिरे , सुमन घले र श्रीमान थापा रहनुभएको छ । यसैबिच तालिमको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । तेक्वान्दो संघ दाङका अध्यक्ष सुमन घलेको अध्यक्षता संबिधान सभाका सदस्य डिल्ली बहादुर चौधरिको प्रमुख आतित्थ्य एव तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको बिशिष्ट आतित्थ्यतामा भएको तालिम उदघाटन कार्यक्रममा बोल्दै सभासद चौधरिले खेलकुदको बिकासकालागी आफु लागि पर्ने बताउनु भयो ।

उहाले खेलकुदले अनुसासन र मेलमिलापमा बृद्धि गराउने भर्खरै द्धन्द्ध सकिएको नेपालको खेलकुदको धेरै आवश्यकता रहेको बताउनु भयो ।

सभासद चौधरिले खेलकुदकै माध्यमबाट द्धन्द्धका घाउमा मलम लगाउन सकिने भन्दै राज्यले खेल क्षेत्रमा लाग्ने खेलाडिहरुको जिवन यापनको लागी ठोस निति
ल्याउनु पर्ने बताउनु भयो । साथै चौधरिले तुलसीपुरमा रहेको अरनिको मैदानको बिकास र संरक्षणका लागी आफुले पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल तेक्वान्दो सघका वोर्ड सचिव एव वरिष्ठ सहायक प्रशिक्षक अर्जुन बिक ,तुलसीपुर उद्योग बाणिज्य संघका बिमल रिजाल , रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगाएतले तालिमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

दाङ जिल्ला तेक्वान्दो संघका सचिव एव अन्तराष्ट्रिय निर्णायक भिमलाल बिश्वकर्माको स्वागत मन्तब्य बाट शुरु भएको उदघाटन कार्यक्रमको सचालन शुसिल श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया