शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०९:०२
वासिङटन डिसी 22:17

३० दलीय मोर्चाको निश्कर्ष:पेलेर जान खोजे सशक्त प्रतिकार गर्ने

इनेप्लिज २०७१ पुष २१ गते ९:२० मा प्रकाशित

Sostani-335x232

काठमाडौ, २१ पुस । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले संविधानका विवादित विषयमा सत्तापक्षसँग सहमतिको सम्भावना न्यून रहेको भन्दै अब संविधानसभामै भएपनि संघर्ष गर्ने मनस्थिति बनाएको छ ।

सोमबार विहान एमाओवादी संसदीय दलको कार्यालयमा बसेको ३० दलीय मोर्चाको बैठकमा संयोजक प्रचण्डले आज बिहानसम्मको वार्ता तथा छलफलमा अन्र्तवस्तुमा काँग्रेस र एमालेसँग सहमति हुने छाँटकाँट नरहेको जानकारी गराएका थिए । त्यतिमात्रै होईन अध्यक्ष दाहालले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले अध्यक्ष केपी शर्मा ओली जबर्जस्ती भएपनि संविधानसभाभित्र तत्काल प्रक्रिया थालेर संविधान जारी गर्ने मनस्थितिमा रहेकोवारे विफ्रिङ् गराएका थिए ।

आजको बैठकमा पनि मोर्चाले आइतबारकै निर्णयमा अडिग रहने र जबर्जस्ती प्रक्रिया शुरु गर्न खोजे भित्रै मुठभेड गर्ने बारे छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया