सत्ताको होडबाजीका कारण संविधान निर्माणमा ढिलाई:महरा
प्यूठान, २१ पुस । एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले काँग्रेस र एमालेको सरकार नेतृत्व कसले गर्ने भन्ने प्रतिस्पर्धाका कारण संविधान निर्माणमा ढिलाई भएको आरोप लगाएका छन् । उनले आफ्नो पार्टीलाई समेत काँग्रेस–एमालेले सरकारमा सहभागी गराउन लोभ देखाएको दाबी गरे ।
सोमबार प्यूठानको विजुवारमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव महराले संबिधान निर्माणमा सबैको सहमति असम्भव भएकाले अधिकांशको सहमति खोजिनुपर्ने धारणा व्यक्त गरे ।
उनले संविधानका विवादित विषयमा दलहरुबीच सहमति जुट्न नसके विवादित विषयमा ुनोट अफ डिसेन्टु लेखेरै भए पनि संविधान जारी गर्न सकिने धारणा राखेका छन् । उनले दलहरुमा संविधानका विषयमा सहमति गर्ने भन्दा सरकार पुर्नगठनको विषयले प्राथमिकता पाउँदा सहमति हुन नसकेको जिकिर गरे ।
महराले ११ प्रदेश निर्माण गरी राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, मिश्रति निर्वाचन प्रणाली, न्याय परिषद् गठन गर्ने विषयमा दलहरु सहमति नजिक पुगेको समेत उल्लेख गरे ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया