बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०६:५०
वासिङटन डिसी 21:05

६०१ जनाको अधिकार हनन् भयो

इनेप्लिज २०७१ पुष २१ गते ९:१२ मा प्रकाशित

Krishna KC

मैले नेपालमा रहँदा दुई जना नेपालका नेताहरुलाई सोधेको थिए कि नेपालका ६०१ जना सभासद्को अधिकार हनन् भएको छ कि छैन ? यो अर्थमा कि नेपाली जनताले नेपालको संबिधान बनाउनको लागि चुनेर पठाएका ६०१ सभासदको काम र अधिकार दुबै चाँहि संबिधान बनाउने हो। उनै ६०१ जनाले बनाएको संबिधान शहर्ष रुपमा नेपाली जनताले स्विकार्नुपर्छ त्यो नै सही हो। त्यो कुरालाई नेपाली राजनैतीक पार्टीहरुले हनन गरेर आफ्नो मन मौजी रुपमा बिभिन्न तहहरु बनाएर अखडा बनाएर काम रोकेको थियो, छ र रोकिरहेका छन्। यो प्रजातन्त्रको बिश्वब्यापी मान्यताको बिरुद्धमा छ। यती मात्र होइन ६०१ जनाको अधिकार नै हनन भएको छ। एही कुरा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल , (एमाले) नेता अर्जुन नर्सिङ के.सी (नेका) समक्ष राखे। दुबै जनाले कुरा सही भए पनि राजनैतीक सहमतिका लागि ति सबै गर्नुपरेको बताउनुभएको थियो।
अन्तत वास्तविकता लुकिरहने कुरा हुँदैन र बहिर आउछ। पहिलो कुरा ६०० सभासदका नेता चाँहि सभामुख हुन। तिनै टोलिनेताको नेत्रित्वमा संबिधान बनाउनुपर्छ यो नै सही हो भन्ने कुरामा कोही पनि बिध्वानबर्ग असहमत छैनन। त्यही कुरा सभामुखले अगाडि बडाए, संबिधान बन्ने अवस्था आयो, गति लिने भयो, समस्या सुल्टियो तर सही कुरा फेरि तुहिनेभो- संबिधान पनि ?
कृष्ण के.सी
अमेरिका

प्रतिक्रिया