बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०९:०९
वासिङटन डिसी 23:24

विधि र विधान नमान्नेहरु काँग्रेस हुन सक्दैनन् : काँग्रेस नेता केसी

इनेप्लिज २०७१ पुष २१ गते ९:०९ मा प्रकाशित

1044898_1049776061716034_1013819488293528412_n
नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरको आयोजनामा क्यालिफोर्नियाको बर्कलीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सभासद बलबहादुर केसीको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस डोटीका सभापति एवं सभासद बीरबहादुर बलायरको विशेष आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, वरिष्ठ उपसभापति धनञ्जय नरसिंह केसी, सचिव ईश्वर सापकोटा र सदस्य किलोन राईको समेत उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा एनआरएन अमेरिकाका सभापति खगेन्द्र जिसी, अमेरिकास्थित नेपाली राजदूतावासका कन्सुलर अर्जुन मैनाली, नेपाली काँग्रेसका नेताहरु बिद्यासागर योञ्जन, भोजराज कँडेल,
महासमिति सदस्य वेद खरेल, सानुबाबु सिलवाल, नेपाली जनसम्पर्क समिति लसएञ्जलस च्याप्टरका सभापति मदन पाठक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका सभापति चन्द्र धितालको सभापतित्वमा भएको उक्त कार्यक्रममा च्याप्टरका उपसभापति नारायण खनालले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव प्रतिक पाण्डेले गर्नुभएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सभासद बलबहादुर केसीले विधि विधानलाई सबैलाई मान्नुपर्ने र विधि विधान नमान्नेहरु काँग्रेस हुन नसक्ने बताउनुभयो । उहाँले नेपालको राजनीतिले अमेरिकामा बस्दै आएका नेपालीहरुलाई पनि छोएको भन्दै ६०/४० को खेल यहाँ पनि शुरु भएकोमा चिन्ता व्यक्त गर्नुभयो । नेता केसीले नेपालमा निर्धारित समयमा नै नयाँ संविधान जारी गर्नका लागि प्रयास भईरहेको बताउनुभयो । उहाँले काँग्रेस निर्धारित समय माघ ८ मा नै संविधान जारी गर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले नेजस क्यालिफोर्निया च्याप्टरले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेस, डोटीका सभापति एवं सभासद बीरबहादुर बलायरले काम गरेर देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, वरिष्ठ उपसभापति धनञ्जयनरसिंह केसी, सचिव ईश्वर सिटौला, केन्द्रीय सदस्य किलोन राई, महासमितिका सदस्य वेद खरेल लगायतले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया