बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:०८
वासिङटन डिसी 05:23

सुनका गोरुहरु

इनेप्लिज २०७१ पुष २० गते २०:५० मा प्रकाशित

pic_prakash_nepal

सुनका गोरुहरु
हलोमा नारिदैनन
र खेत पनि जोतिदैनन
सुनका गोरुहरुलाई
काट्न पनि हुदैन
मर्न पनि हुदैन
र हिर्काउन पनि हुदैन l

हो ! तिमीलाई चित्त दुखेको होला
आफैले दाएको गिरु
आफैले जोतेको गोरु
सहर पस्यो
अनि बिस्तारै सुनमा बदलियो
र सबै बिर्सियो -खेत बिर्सियो
र बारी बिर्सियो र मालिक पनि बिर्सियो ,
जोत्न त बिर्सियो ,बिर्सियो नै l
गोरु
सहर पसेको बर्ष देखि
मात्तिन थाल्यो
आफ्नो धरातल बिर्शियो -पात्तिन थाल्यो
मात्तिएको मात्तिए कै छ
पात्तिएको पात्तिएकै छ
रंग बदलेर ,रंग दलेर
गोरु उन्मत्त छ l

सुनका गोरुहरुको
दिमाग हुँदैन
सुनका गोरुहरुका चेतना हुँदैन

यसैले
सुनका गोरुहरु
हलोमा नारिदैनन
खेत पनि जोतिदैनन
निश्चिन्त उघ्र्याउछन
र सहर मै गन्हाउछन
सहर मै रमाउछन
र गाउँ फर्कदैनन l

सुनका गोरुहरु
हलोमा नारी दैनन
खेत पनि जोतिदैनन
सुनका गोरुहरुको
दिमाग हुदैन
र त सुनका गोरुहरुको
चेतना पनि हुदैन
यसैले त सुनका गोरुहरु
भनेको पनि मान्दैनन
आफै केहि गर्न पनि जान्दैनन्
कसैले भनेको पनि मान्दैनन
कठै !
सुनका यी गोरुहरु l

”राती फुल्ने फूलहरु”कविता संग्रह बाट लिइएको हो l

प्रतिक्रिया