मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १९:५७
वासिङटन डिसी 10:12

कमेडी अधकट्टीको गीत यस्तो

इनेप्लिज २०७१ पुष १९ गते २३:५० मा प्रकाशित

rista-basnet-335x232

काठमाडौं, १९ पुस । फेब्रुअरी, १ तारिखमा अष्ट्रेलियामा हुने प्रिमियर शोलाई लक्षित गर्दै अधकट्टी फिल्मको गीत सार्वजनिक भएको छ ।

सुब्रत आचार्यले निर्देशन गरेको यो कमेडी फिल्मको हिजो बिहिवार मात्रै टिजर सार्वजनिक भएको थियो जसले सकारात्मक प्रतिक्रिया बटुल्न सकेको समीक्षा फिल्मी बजारमा चलेको छ ।

सार्वजनिक अधट्टीको रोमान्टिक गीतमा गौरव पहारी र रिष्ता बस्नेत फिचर छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सम्पूर्ण दृश्य चितवन स्थित नारायणी बगरको हो ।

राजन ईशानको स्वर एवं संगीत रहेको गीतमा महिला स्वर भने कुन्ती मोक्तानकी छोरी सुवानीको हो । हेर्नुस् यस्तो बनेको छ गीत:

 

प्रतिक्रिया