यूएईका शहर–शहरमा रुवाउँदै ‘बहादुर बहिनी’

कोइराला जस्तै बहादुर बहिनी हेर्न दुबईको एक होटलको हलमा अधिकांश भाबुक थिए । अझ यूएईकै सारजाहमा गरिएको कार्यक्रममा डकुमेन्ट्रीकी मुख्य पात्र सावित्री श्रेष्ठको संघर्षबाट दर्शकहरुले गहभरि आँशुमात्रै बनाएनन्, नेपालको दण्डहिनताप्रति गहिरो खेद समेत व्यक्त गरे । सारजाहमा डकुमेन्ट्री हेरिसकेपछि भावुक बनेका लमजुङका बाबुराम सापकोटाले आफू पनि माओवादीको तत्कालिन द्वन्द्वकै कारण विदेशिनु परेकाले डकुमेन्ट्री हेर्दा आफ्नो विगत सम्झेर रोएको बताए ।
गणेश–उज्जन स्मृति प्रतिष्ठानले निर्माण गरेको ४० मिनेटको बहादुर बहिनीको निर्देशन पत्रकार गणेश पाण्डेले गरेका हुन् । २०५५ सालमा ओखलढुंगामा अन्तरजातीय बिहेकै कारण उज्जनकुमार श्रेष्ठको हत्या भएको थियो । भाइको हत्यामा संलग्नलाई कारबाहीका लागि प्रहरीमा जाहेरी दिँदा उज्जनका दाजु गणेशकुमार श्रेष्ठको २०५९ सालमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न अन्य दोषीलाई कारबाही भइसक्दा पनि एमाओवादीका नेता एवं पूर्वसभासद् बालकृष्ण ढुंगेललाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । खासगरि, यही घटनामा केन्द्रीत रहेको बहादुर बहिनीमा उज्जनकुमारलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको विभत्स हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, संसद र प्रधानमन्त्री निवास अगाडि भएको हंगामा, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।
अमेरिका, कतार लगायत विभिन्न देशमा देखाइएको यो डकमेन्ट्री अन्य देशबाट पनि प्रदर्शनका लागि माग भइरहेको निर्देशक पाण्डेले बताए ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया