माथिल्लो कर्णालीमा स्वदेशी लगानीकर्ता नभेटेर विदेशीलाई दिईएको प्रधानमन्त्रीको भनाई
काठमाडौं, १९ पुस । प्रधानमन्त्री सुशील कोइरालाले माथिल्लो कर्णालीमा नेपाली लगानीकर्ता नभेटिएकाले विदेशीलाई दिनुपरेको दाबी गरेका छन् ।
आफूलाई अर्को नदी बेच्ने कोइरालाका रुपमा चित्रित हुन नदिने बताएका छन् । उनले आफूबाट कुनै राष्ट्रघाती काम हुन नदिने दाबी गरे ।माथिल्लो कर्णाली परियोजनाको पीडीए खारेज गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेको ‘अखिल नेपाल जनजाति सम्मेलन’को टोलीसँग शनिबार बिहान प्रधानमन्त्री कोइरालाले भने-‘तपाईहरु ढुक्क हुनुहोस्, मबाट त्यस्तो कुनै राष्ट्रघाती कार्य हुनेछैन । म फेरि अर्को कोइरालाबाट नदी बिक्री भयो भन्ने पार्ने छैन ।’
नेकपा मसाल निकट जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले माथिल्लो कर्णाली परियोजना भारतलाई दिएर राष्ट्रघात भएको भन्दै पीडीए खारेज गर्न माग गरेको थियो । भेटमा प्रधानमन्त्रीले पीडीएका कतिपय बुँदा सुधार गर्ने आश्वासन दिएका थिए ।चित्रबहादुर केसीको पार्टीका कार्यकर्ता हुन् भन्ने थाहा पाएपछि प्रधानमन्त्री कोइरालाले ‘जातीय राज्य’ को प्रशंग झिके। प्रधानमन्त्री कोइरालाले आफूले जातीय प्रदेशहरु बन्न नदिने प्रतिवद्धतासमेत जनाए । उनले सहमति हुन नसके माघ ८ भित्रै प्रक्रियाबाट संविधान ल्याउने बताए ।
प्रधानमन्त्रीसँग भेट गरेर फर्केका एक सहभागीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री कोइरालाले माघ ८ पछि आफूलाई कुर्सीमा बसिररहने इच्छा नरहेको बताएका थिए ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया