ब्रिटेनका प्रिन्स एन्ड्रयूमाथि नाबालिगसँग यौन सम्पर्क राखेको आरोप
काठमाडौं, १९ पुस । ब्रिटेनकी महारानी एलिजावेथका छोरालाई नाबालिगसँग यौन सम्पर्क राखेको आरोप लागेको छ ।
यद्यपि, महारानीको कार्यालयले प्रिन्स एन्ड्रयूमाथि लागेको उक्त आरोप निराधार भन्दै बचाउ गरेको छ । अमेरिकाको एक अदालतमा यस आरोपसहितको दस्तावेजमा पेश गरिएपछि यो प्रकरण सार्वजनिक भएको हो ।
प्रिन्स एन्ड्रयूका साथी मानिएका यौन अपराधका दोषी जैफ्रे एप्सटीनविरुद्ध पेस गरिएको कागजपत्रमा उनको नाम मुछिएको हो । अमेरिकाको फ्लोरिडास्थित अदालतमा एक महिलाले पेश गरेको दस्तावेजमा उनको नाम आएलगत्तै बकिंघम प्यालेसले अरोप निराधार भएको जनाएको हो ।
आफू नाबालिग रहेको समय सन् १९९९ देखि २००२ को बीचमा एप्सटीनले प्रिन्ससँग यौन सम्बन्ध राख्न विवश पारेको दावी ती महिलाले गरेकी हुन् । तीन पटक तीन अलग स्थानमा प्रिन्ससँग सम्बन्ध राख्न बाध्य पारिएको आरोप तिनले लगाएकी छिन् ।
एक नाबालिगलाई वेश्यावृत्तिमा लगाएको भन्दै अमेरिकी व्यापारी एप्सटीनले सन् २०११ मा १८ महिना कैद बस्नु परेको थियो । सोही समयमा प्रिन्स एन्ड्रयूले एप्सटीन आफ्नो साथी रहेकामा दुःख व्यक्त गरेका थिए । प्रिन्स एन्ड्रयू महारानी र ड्यूक अफ एडिनबराका तेस्रा सन्तान हुन् ।स्रोतः एजेन्सी
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया