आइतबार, कार्तिक ९ २०७७
काठमाडौं २२:१३
वासिङटन डिसी 12:28

खबरहरु

इनेप्लिज २०७१ पुष १९ गते १२:४५ मा प्रकाशित

basant

अक्षरहरु
आँखाभरि आउछन
राम्रा- नराम्रा खबरहरु
मनभरी-भरि छाउछन्

सधै सबै खबरहरु
कहाँ राम्रा हुन्छन र !
हत्या-बलत्कारका खबरले
मन पिरोलिन्छ
तर माया ,प्रेम र विश्वासका खबरहरुले
उत्साह र उमंग छाउछन्

खबर भित्र
अगम्य तागत हुन्छ
सुन्दा मन जुर्मुराउछन
सुखमय कल्पनामा हाँस्छ
अनि दुख :मय बिपनामा रुन्छ

प्रतिक्रिया