बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

नभेटेर विदसभामुखले दिएको समयभित्रै सहमति खोज्न शिर्षनेताहरु सहमत

इनेप्लिज २०७१ पुष १९ गते ११:१२ मा प्रकाशित

char-neta

काठमाडौ, १९ पुस । संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले आफै सहमति गर्न नभए आफूलाई संविधान लेखनको जिम्मा दिन दिएको अल्टिमेटभित्र संविधानका अन्र्तबस्तुहरुमा सहमति जुटाउनु पर्ने निष्कर्समा शिर्ष नेताहरु पुगेका छन ।

आज विहान बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुमात्र सम्मितिल बैठकमा सहमतिको विकल्प नरहेको भन्दै सोमबार भित्रमै सहमति जुटाउनु पर्ने निष्कर्स निकालेको काग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

बैठकमा विवादित सबै विषयमा छलफल भए पनि एमाओवादी अध्यक्ष प्रचण्डले प्रदेशको सिमाङकनको विषयमा नयाँ विषय प्रवेश गराएकोले कुनै सहमति हुन नसकेको बताईएको छ । तीन दलको छलफलपछि काग्रेस र मधेसवादी दलका नेताहरुवीच छुट्टै छलफल भएको थियो । छलफलमा सहमतिबाटै संविधान जारी गर्ने विषयमा मधेसी दलहरुलाई विश्वास ब्यक्त गर्दै सभामुखको प्रस्ताव कहाँबाट आयो भन्नेमा आफुहरुलाई जानकारी नभएको स्पष्ट पारिएको सिटौलाले बताए । दलहरुवीच आजै पुनः संयूक्त छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया