बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ००:४२
वासिङटन डिसी 14:57

ढोकाको आग्लो खोल्दैनौ

इनेप्लिज २०७१ पुष १९ गते १:४१ मा प्रकाशित

dr mohan joshi

 

टुकीको मधुरो उज्यालो छ ,
फुर्ति भयङ्कर ठूलो छ l
बिस्तारै तेल सकिदै छ ,
एक दिन धूँवा बन्दैछ l

तर त्यसको हामीलाई होस छैन ,
म को हुँ भन्ने खोज छैन l
छेपारोको कहानी जस्तो छ ,
अल्छि गर्ने बानी छ l

टुकीको उज्यालोमा भुल्दै छौँ ,
कोठाकै समान हेर्दै छौँ l
ढोकाको आग्लो खोल्दैनौ ,
बाहिर के छ हेर्दैनौं l

धिप धिप गर्दै छ टुकी ,हेरौं,
अब अरु ढिलो नगरौं l
निभ्नुपहिले निस्केर जाऔं,
बाँकी जीवनलाई जोगाऔं l

यो कविता डा मोहन प्रसाद जोशीको कविता संग्रह ”कहाँ छ ठाउँ  “बाट लिइएको हो

प्रतिक्रिया