नाइजेरियामा बोकोहरामद्धारा ३३ जनाको हत्या
इनेप्लिज
२०७१ पुष ६ गते ८:०३ मा प्रकाशित
काठमाडौ, ४ पुस । नाइजेरियाको एक गाउँमा आक्रमण गरी आतंकवादी समूह बोको हरामले पछिल्लो समयमा ३३ जनाको हत्या गरेको छ भने कम्तिमा एक सयजनालाई कब्जामा लिएको छ ।
नाइजेरियाको उत्तरी क्षेत्रमा रहेके गुमसुरी गाउँमा हतियारसहित प्रवेश गरेका आतंकवादी समूहका लडाकूहरुले धारिलो हतियार प्रयोग गरी सर्वसाधारणको हत्या गरेका हुन् । उनीहरुले केही युवा, महिला र बालबालिकाकालाई कब्जामा लिएका छन् ।
यता, नाइजेरियाको अमचिदे सहरमा प्रवेश गरेर आतंकवादी समूहले ५० भन्दा बढी घरमा आगो लगाएको छ । यसैबीच, नाइजेरियमा तैनाथ क्यामरुनको सैनिक टोलीले १ सय १६ जना आतंकवादी मारेको दाबी गरेको छ । यो वर्षमात्रै बोको हरामको आक्रमणमा २ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
बोको हरामको आक्रमणप्रति त्यहाँको सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया