आफ्नै आमाको मुहार हँसाऊ
इनेप्लिज
२०७१ पुष ६ गते ७:२० मा प्रकाशित
पखेटा लागेका सुनौला बचेराहरु
फराकिलो चरिचरन खोज्न प्रदेश पुगेकाहरु
जीन्दगीमा केही गर्नेे अठोट र उत्साह बोकेकाहरु ।
स्वदेशमा अवसर नपाएर
पसिना र विवेक बेच्ने थलो नभएर
सात समुद्र पारी पुगेका युवाहरु ।र्
परिश्रमी र अनुशाशित मौरी बनेर
अमृतसरी मह जम्मा गरेर
आफ्नै मात्रृभूमि फर्कि आऊ ।
सिकेको सीप र प्राप्त अनुभवहरु
तिम्रो अनुपस्थितिले उजाड हुन आँटेको े
त्रिैम्रो आफ्नै गाँउघरमा उपयोग गर ।
च्याउरी परेको निन्याउरो अनुहार लिएर
तिम्रै प्रतिक्षामा आसुँ बगाउँदै पर्खिएकी
आमालाई सम्झी आऊ ।
तिमीलाई जन्म दिने आमाको दुधको भारा तिर्ने गरी
तिमीलाई बास दिने मातृभूमिको सेवा गर्ने गरी
सेवा भावको विशाल छाती लिएर फर्की आऊ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
प्रतिक्रिया