“एउटा चिट्ठी ” आध्यात्मिक समीक्षा
मेरो मनको उछालिएका अनगन्ती देश भित्रका तरंगित सम्झनाहरुलाई आज आफन्त लगायत मित्र, वन्धु साथी, तथा मायाँ गर्ने गुरुहरु लगायत स्नेह रुपी प्रेमी,जीवनसाथी,मोहमा अल्झिरहेका सम्पूर्ण मानब जाति माझ सानो चिट्ठीको रुपमा आध्यात्मिक चिन्तन भित्र पोखिएका सन्देश राख्दैछु चाहे हाम्रो अपरिचित एक अर्कामा भएता पनि भेट होश वा नहोश,तर हामी नेपाली नेपाल देश भित्रै जन्मिएका हिन्दु राष्ट्का हौ ,हामी एक्कै जन्मिएका र एक्लै मर्ने यो संसारमा आएता पनि हामी जन्मनु र मर्नुको बिचको जुन समय हुन्छ त्यसमा एक आपसमा आफन्त,प्रेमी,मित्र,छिमेकी भएर रहन पुद्छौ यो रंगिन नाटकीय दुनियाँमा हावाको झोका हौ र पनि ले आ-आफ्नै किसिमका चाहना,विचार र लक्ष्य बोकी हिडेका छौ,!
हामी सबै हिन्दु राष्ट्र नेपालमा जन्मिएका नारी पुरुष आध्यात्मिक जगत प्रतिको विश्वाश बोकेर हिड्ने भएता पनि एउटा छानो मुनि हुर्किएता पनि सायद दिवार यस पार र उस पार परिएछ र त् हामीले एक अर्का सबैसंग परिचित हुन् सकेनौ हुनसक्छ ,एकापसको उद्देश्य एक्कै हुँदा धेरै ठाउँहरुमा संगै पुग्दाको आवाश सम्म हुन् नसक्दा खुल्ला आकाशमा यात उता गर्दै संगै हावाको गतिमा दौडिदा एक अर्कालाई देखेर पनि नदेखे झैँ भयौ होला सायद मानव जीवनको त्यो वेला महत्व बुझ्न नसकेर होला आध्यात्मिक चेतनाको कमीको कारण दुर्भाग्य मेरो सत्संग पाउन नसक्नु र सौभाग्य अरुको जसले ज्ञानी गुरुहरुको सत्संग पाएरजीवन सार्थक वनाए होलान,…!
लक्ष्य,हिड्ने वाटा समेत एउटा र भावना पनि एउटा भएता पनि त्यही नेपालको शहर ,त्यही ,गाउ ,ठाउँ र हावा पानीमा हुकिदै गएता पनि हाम्रो धेरै मित्रहरु बिचको भेट त्यो ठाउमा नभएर सात समुन्द्र पारीमा आएर धेरै समय पछी फेस बुकको माध्ययमबाट हुँदा र यो सत्संग र जीवन सार्थकको परिचय दिदै वाचनलाई सहज बनाइदिनु हुने गुरुहरुको शिक्षा,आशिर्बाद,आध्यत्मिक बोध ,चिन्तन तथा साहित्य शिक्षाको बोध गराउनु हुने मित्रहरु आज हामी बिचको आधात प्रेम ,स्नेह,मायाँ, बस्यो यो मेरो आफ्नो विचार हो त्यो नहुन पनि सक्छ तपाईहरुको विचारमा तर यो नराम्रो सम्बन्ध भने अवश्य नै होइन ,यसलाई कसरि सम्झने र कायम राख्ने भन्ने त् मनै हो जस्तो सम्झो त्यस्तै हुन्छ ” भनिन्छ नि मनै दु:खको कारण पनि हो र अति नै शु:खको कारण पनि मनै हो !
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया