शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १२:४८
वासिङटन डिसी 03:03

जननी जन्म भुमिष्च स्वर्गादपी गरियषी

इनेप्लिज २०७१ पुष ५ गते ६:५२ मा प्रकाशित

ram_lamaहो, आफू केटाकेटीमा स्कुल जांदा गुरुले पढाउनु भएको र पुस्तकमा पढेको “जननी जन्म भुमिश्च स्वर्गादपी गरियषी ” यो हरफ मेरो मानसपटलमा उमेरले चालिसे कटी सक्दा सम्म पनि ताजै छ र त्यत्तिकै प्यारो पनि । आफुलाई जन्मदिने आमालाई त अपबाद बाहेक सबैले गक्ष अनुसार गरिनै रहेको छौं होला तर के गर्यों त आफ्नो जन्म भुमीको लागि ? र के पायौं त जिन्दगी भरमा आफ्नो प्यारो जन्म भुमी नेपाल बाट ?। उदाहरणका लागि एउटै टोलमा जन्मिएका चार जना दामलीहरू हर्के , जीवन ,श्याम र कृष्ण सन्जोगबस चालिस बर्ष काटिसके पछि भेट हुंदा गफ गरिरहेको बेलाको प्रसँग म यहाँ जोड्न चाहन्छु । अमेरिकाको एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत सिभिल इन्जिनियर नेपालको सम्बन्ध टुट्ने डरले अमेरिकाको राहदानी नलिई ग्रिन कार्डमात्र लिएर बसेका कृष्णजी आफूले काम गर्ने कम्पनीको कामले कतार जांदा दोहा एअर्पोर्टमा नेपाली पासपोर्टवाला भएकै कारण अली चित्त दुख्दो ब्यबाहार गरेकोले अमेरिका फर्किने बित्तिकै आमेरिकन पासपोर्टका लागि आबेदन भरेका रहेछन ।

बर्ष दिन पनि नपुग्दै सोहि कम्पनीको दुबईमा चलिरहेको प्रोजेक्टका लागि आमेरिकन पासपोर्ट लिएर जांदा दुबई एअरपोर्टको अध्यागमनमा ससम्मान छाप हानेर “वेल कम टु दुबई” भनेको सुन्ने बित्तिकै आफ्नो जन्म भुमी नेपाल र कर्म भुमी अमेरिकाको भिन्नताको हेक्का रहन पुग्यो । उनी केटाकेटीमा स्कुल जांदा ताका उनका बुवाको आफ्नो गाउंमा राम्रो इज्जत, प्रतिस्ठा थियो र परिवारमा सम्पन्नता पनी । त्यसैले त, अरु साथीहरू खाली खुट्टा तथा कोही साथीहरू हवाई चप्पल सम्म लगाएर एक घण्टाको बाटो हिंडेर स्कुल जानेहरू सँगै कपडाको खैरो रंगको जुत्तामा सज्जिएर स्कुल जाने गर्थे । साइकल चलाउन मिल्ने सम्मको बाटो सरकारले बनाईदिएको भएपनि टिर्अ टिर्अ चण्टी बजाउदै एटलास साइकलमा सुइकिन्थे होलान उनी ।

आफ्ना पिता गाऊंका प्रधान पञ्च हुंदा जता गएपनि सबैले सम्मान दिने गरेको देखेका श्यामजी आफ्ना पिताको बिंणो धान्दै प्रमाणपत्र तहको अध्ययन गर्दा कलेजमा स्व बी युको चुनाबमा जिन्दान्बाद र मुर्दाबाद गर्दा गर्दै राष्ट्रिय स्तरको राजनितीमा पुगेर मन्त्री पो बनेछन । मन्त्री बन्ने पैसा कमाउनलाई मात्र हो भन्ने बुझेका श्यामजीले जति सके बढी पैसा कुम्ल्याउने धुनमा लाग्नु स्वभाबिकै त हो नी । किनकी चुनाब खर्चको लागि आफ्नो पैत्रिक सम्पत्तिको टारी खेत एउटा पुरै पाखोनै बेचेका थिए । चुनाब जितेर मन्त्री बने लगत्तै दुई बर्ष पनि नपुग्दै काठमाडौंको मुटुमा चार वटा पसल कबल सहितको साडे चार तलाको घर बनाए । उक्त घरबाट राष्ट्रिय झण्डावाल गाडी सान सँग आउंने र जाने गरेको देख्ने छिमेकीहरूको नजरमा उहांको स्तर काहांनिर होला सजिलै अन्दाजा लगाउन सकिन्छ ।

अन्तरास्ट्रिय सभा र गोष्टीहरुमा जांदा विश्व भरिका अन्य नेताहरू सँग उठ बस गर्न पाएको बेलामा एउटा असल नेताले देशको लागि गर्नु पर्ने कर्तब्यको बोध भएकोमा मन्त्रीज्यु त्यति धेरै खुसी हुनु पनि सकारात्मक पक्ष हो । उक्त सिद्धान्तलाई स्वदेश फर्के पछि आफ्नो मन्त्रालयमा लागू गर्न खोज्दा सुब्बा साहेब त मानेनन सचिबज्युको त के कुरा ?। घुस खान मिल्ने अँकुसहरू नभएको सिद्धान्तहरू लागू गर्न खोज्दा मन्त्रिनै त्यहा कसरी टिक्थे र ? त्यो ठाउंमा पुगेर जागिर खानको लागि ति मन्त्री भन्दा अझ ठुलो ब्यक्तिलाई ठुलो भेटी टक्र्याएर गएको रकम उठाउनु त पर्यो नी सबैतहका कर्मचारीहरूले । आफ्ना मन्त्रीहरूका पनि प्यारा बन्न नसकेका नेपालका प्रधानमन्त्रीको हालत देखेका उनी, आफ्नै आंखा अगाडी भारतका प्रधान मन्त्री पूरा दलबलका साथ सार्क सम्मेलनका लागि सबार हुंदै गर्दा सडकको दुबै किनारामा रहेका नेपाली जनताहरुका लागि नरेन्द्र मोदीले बीच सडकमा गाडी रोकेर आफ्ना हिन्दू भाईयों और बहेनों सँग आत्मियता साटा साट गरेका देख्दा नेपालका नेताहरूलाई कस्तो लागेको थियो होला भन्ने कुराको सजिलै अन्दाजा लगाउंन सकिन्छ ।

दु:ख जिलो गरी छोरालाई पढाएर ठुलो मान्छे बनाउने सपना बोकेका आफ्नो पिताको धोको समाज शास्त्रमा स्नातक सम्म गरेर अलिकति खुसी पार्न सके पनि सरकारी नोकरी हातमा पारेर पूरा गर्न सकेका थिएनन जीबनजीले । धेरै कार्यालयहरुमा खुलेका पदपुर्तिका सूचनाहरूले आशा पलाउंथ्यो । सबैठाउंमा लिखित परिक्षा पास गरेपनी अन्तर्वातामा फ्यालिनुमा भनसुन गरिदिने आफ्ना चिनेजानेका कोही नभएकोले नै हो भन्ने कुरा प्रश्ट भए पछी निराष भएर कत्तार हानिएका थिए रोजगारिका लागि । ठुलै कम्पनीमा साधारण श्रमीकको रुपमा त्याहां पुगेका उनी छोटो अबधीमा नै मेनेजर बन्न सफल भएका थिए । आफ्नो देशले आफ्नो लगनसीलता र सक्षमता देखाउंने अबसरनै नदिएपनी बिदेशले त घर परिवारलाई थोरैनै मात्र भए पनि राहत दीन सक्ने अवस्था प्रधान गरेकोमा चित्त बुझाउंछन । हरेक दुई बर्षमा छुट्टी पाएर स्वदेश फर्किदा नया सुट्केश भरी आफ्ना बाबु आमा, जाहान , लालाबाला र इस्ट मित्र साथिभाईहरूका लागि उपहार लगेका सर सामन, लुगा फटाहरू र कोरीयन ब्ल्यान्केटहरू नेपाल एअरपोर्टका कर्मचारीहरूले निकालेर छ्यालब्याल पारिदिन्छन । अनेक बाहाना पारी घुस खाने कोशिश गरीरहेको देख्दा दिक्क लाग्नु पनि स्वभाबिकै त हो नी ।

केटाकेटी हुंदा खेरी गुच्चा खेल्न अतिनै सिपालु हर्केले गुच्चाले कैंची हानेर गोलिगांठो तताउने गरेका भएपनि बुढो हुंदा त्यहि घटना रमाइलो स्मरण बनेकोले तिनै अमेरिकाबाट जाने र कत्तारबाट जाने दुबै जनाले कहीले उनलाई र कहीले उनका सात जना छोरा छोरिलाई लता कपडा लागि दिंदा हर्केको खुसीको सिमाना हुंदो रहेनछ । एक पटक त दुबैजना साथिहरू कालो प्लास्टिकको झोलामा खसीको मासु लिएर हर्के बस्ने झोपडीमा गएर हर्केको श्रिमतीलाई “भाउजु आज तपाईंको हातले पकाएको खान खान्छौ है” भनेको सुन्दा हर्केको गह भरी हर्षका आँशु टल्पलाएका थिए । एउटा मान्छेले अर्को मान्छेलाई छुंदा पनि छिटो हाल्नु पर्ने कुरामा बिश्वास गर्नु भनेको अशिक्षीत र जङली स्वभाबको उपज हो भन्ने कुरा उनिहरुले राम्रो सँग बुझेका थिए । किनभने कृष्णजी र जीवनजी दुबै जना शिक्षीत थिए र देश प्रदेशमा मान्छेहरूले एकले अर्कोलाई ईज्जत गर्नु पर्क्दो रहेछ भन्ने कुरा देखेर बुझिसकेका थिए । कृष्णजीले अमेरिकामा बेरोजगारहरुका लागि भत्ता दिने चलन छ, बच्चाहरुका पालण पोषण र पढाईका लागि सरकारले बिशेष सुबिधा दिने गरेको छ भन्दै गर्दा हर्के दाई निकै चाख मानेर सुनिरहेका थिए । अरु देशमा जे जस्तो भए पनि आफ्नो देशमा आफू भने मुसल्धारे पानी पर्यो भने निबेक गर्न नपाएर भोकै सुत्नु पर्ने बाध्यता हुन्छ । आफू बुढा बुढी त कुरा बुझिन्छ तर यी सात जना लाला बालालाई कुरो बुझाउन गार्हो हुन्छ भन्छन हर्के दाई ।

आफू पनि त्यस्तै झोपड पट्टीमा नै जन्मेकोले स्कुल संगै जाने क्रमलाई निरन्तरता दीन सकिएन । त्यसो त उनी अछुतको छोरा भएकोले उनीसँग कोहि पनि बिध्यार्थीहरू संगै बसेर पढ्न मान्दैनथे र गुरुले पनि उनलाई अली टाढा बस्न भन्नु हुन्थ्यो । बेला बेलामा संगै पढ्ने साथिहरू मध्य जस्ले पनि पिट्ने हुंदा स्कुल गइरहने हिम्मत नै आएन । त्यसपछी केबल गुच्चा खेल्ने बेलामा मात्र कृष्णजी, जीवनजी र श्यामजी जस्ता साथीहरूसंग भेट्ने मौका मिल्थ्यो भन्दै तितो कथा सुनाउदै गह भरी आंसु पार्थे हर्के दाई । अमेरिका र कतार बस्ने आफ्ना बच्पनका साथी कृष्णजी र जीवनजी दुबैजना मिलेर आफ्ना सातै जनाको छोरा छोरीहरूको पठन पाठनको ब्यबस्था मिलाइदिएकोमा अतिनै हर्षीत भएका छन । सक्षम साथीहरूले आजीबन निबेक गरेर जीबन धकेल्दै बसेका बच्पनका संगै गुच्चा खेल्ने तर छुंदा सम्म पनि छिटो हाल्नु पर्ने प्राणीलाई आफ्नो साथी ठान्नु र मेरो कष्टमय जीवनमा सहारा बनेर आईदिंदा सरकार प्रमुख पनि मेरा लागि कोहि महत्त्वपुर्ण लागेनन । हरेक बिहान सयौको संख्यामा लामबद्ध भएर पूजा गर्ने भब्य मन्दीर भित्रका सुन्दर तामा र पित्तलका मुर्तिहरूले पनि मेरा यी दुई भगबान भन्दा बढी महत्व पाउन सकेनन भन्छन हर्के दाई । वहा ! यस्तो अभिब्यक्ती सुन्ने हर कोहि नतमस्तक बन्ने कुरामा दुईमत नहोला । हुनत, यी दुई जना आफ्ना बच्पनका साथी श्यामजी लाई पनि भेट्न नगएका भने काहा हुन र ?। उनका पी ए ले मन्त्रिज्यु ब्यस्त हुनुहुन्छ अहिले भेट्न मिल्दैन भने पछि फर्किएका थिए ।

उपरोक्त पात्रहरू मध्य मन्त्रिज्यु बाहेक अरु क-कस्ले के-के पाए आफ्नो जन्म भुमी बाट र उनिहरुले जन्म भुमी स्वर्गादपी गरियषी भन्नु पर्ने ?। हो, श्रम गर्नेले देश हराभरा पारे, सुन्दर पारे, ब्यबसायीले उध्योग धन्दा खोले सामान बेचेर देशलाई कर तिरे , आयात गरे कर तिरे ब्यापारीले , निर्यात गरे डलर भित्र्याए , बैदेशिक रोजगारमा गएकाहरूले आफ्ना लाला बाला सँगको बात्सल्यता बाट टाढा भए, दु:ख गरे, कस्ट पाए घाइते भए, अपाङ्ग भए ,ज्यान गुमाए, परिवार गुमाए । तर आफ्नो जन्म भूमिका लागि रेमिट्यान्स पठाए । सबैले देशको लागि केही न केही गरे तर जनताको पसीनाबाट जम्मा भएको ढुकुटीबाट तलब र भत्ता लिने नेताहरूले देशलाई के दिएका छौं त भनि सोचिदिए राम्रो हुनेथियो । नत्र भने नेपाल आमाको अश्मिता माथी ढली मली गर्न खोज्ने मोदीहरू धेरै निस्कने छन । आफ्नो अबिभाबक कमजोर भए भने अर्काको अबिभाबक सँग गएर दु:ख बिसाउंछन सन्तानले । हिंजो अरु देशका सरकार प्रमुखहरूको आगमनमा रमिता हेर्न सडकका दुबै छेउमा भिड लाग्ने नेपाली जनता भोलि आफ्ना ब्यथा लेखिएका प्ले कार्डहरू देखाउंदै अन्तरास्त्ट्रिय सम्मेलन केन्द्रको मुल गेटमा भिड नलाग्लान भन्न सकिदैंन । त्यो अबस्थामा जननी जन्म भुमिश्च स्वर्गादपी गरियषी भन्ने हरफको औचित्य के होला र ?

प्रतिक्रिया