शनिबार, साउन ४ २०७६
काठमाडौं ०४:४५
वासिङटन डिसी 19:00

काँग्रेसको जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो

इनेप्लिज २०७१ पुष ५ गते ६:१८ मा प्रकाशित

congress-flagन्युयोर्क, पुस ३ । नेपाली काँग्रेस सम्वद्ध जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो मच्चिएको छ ।
अधिवेशन मिति नजिकिँदै गर्दा चर्किएको सदस्यता शुल्क विवादले जनसम्पर्क समिति दुई चिरामा विभाजित भएको छ । समितिको महाधिवेशनको मिति आगामी २२ र २३ नेभोम्बरका लागि तय गरिएको छ ।

समिति पूर्वअध्यक्ष सोमनाथ घिमिरेले विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिले अधिवेशनका नाममा गैरकानुनी रुपमा खाखौं डलर चन्दा उठाएको आरोप लगाएका छन् ।

उनले समिति विशुद्ध गैरनाफामुलक संस्था भन्दै अधिवेशनका नाममा लाखौं डलर उठाएर खानेविरुद्ध अमेरिकी सरकारको कर कार्यालयमा मुद्दा हाल्ने चेतावनीसमेत दिएका छन् । समितिको संयोजक विष्णु सुवेदी छन् । असन्तुष्ट पक्षले अधिवेशन रोक्न माग गरेको छ ।

प्रतिक्रिया