अमेरिकाका नेपाली संस्थामा लाग्नु अघि हजार पटक सोच्ने कि ?
नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता ,निर्माता तथा निर्देशक रोशन प्रताप राणाले अमेरिकामा भनेका थिए परदेशमा हरेक नेपाली तेह्र दिने दाजुभाई l
उनले यो तेसै भनेका हैनन् , मुग्लानमा साह्रो गाह्रोमा सबै कुरा बिर्सेर नेपाली बिच एक आपसमा सहयोग र सद्भाव पाईन्छ भन्ने हेतुले बर्षौ पहिले अभिव्यक्ति दिएका थिए l
तर अब यो कुरा पूर्ण गौण हुदै जादै छ l अधिकांश नेपालीलाई सामाजिक संस्था खोल्ने चस्का लाग्न थालेको छ l काम गर्ने उदेश्यले भन्दा नाम चाहिएकोले विवादै विवादमा अल्झने र अमेरिकी भुमिलाई महाभारतको रणभूमि बनाउदै छन् l
यदि तपाई पनि आफ्नो सुनौलो भबिश्य खातिर अमेरिका जाने सोच बनाउनु भएको छ भने जुन उद्धेश्यले आउन लाग्नू भएको छ त्यसमा मात्र मस्तिष्क लगाउनु हुन् ध्यानाकर्षण गराउने पर्ने जरुरि भएको छ l
कसैको प्रभावमा नआई आफ्नो गन्तब्यमा दत्तचित्त भै लाग्नु होस् ,नत्र तपाई पनि खाई नपाई छालाको टोपी लाई भन्ने विवादको भुमरीमा विना सितै पर्नु हुनेछ l
अमेरिकाको लागि प्रवेशआज्ञाको छाप लागि सकेको छ र नेपालमा कुनै पनि पेसामा संलग्न हुनु हुन्छ भने भुलेर पनि अमेरिकामा गएर सामाजिक सेवा गर्छु भन्ने तिर नलाग्नु नै उत्तम हुने छ l किन समाज सेवामा अमेरिकामा लाग्ने ? नेपाली संस्थामा पहिले र अहिले एकदम फरक परिस्थिति छ l होडबाजी र संस्था संस्थामा वैमनस्यता मौलाउदै छ l
तपाईले प्राप्त गर्ने भन्दा बेसी तपाइले गुमाउने सम्भावना ज्यादा हुन्छ l शिथिल भै बस्नु हुन्छ भने तपाई सबैको आँखाको नानि कहलिनु हुन्छ l
तर संस्थामा प्रवेश गर्नु भयो भने तपाईलाई नेपालको जस्तो झुटा आरोप र भ्रामक दोषारोपण लगाईन्छ l तपाईको नेपालमा रहेको प्रसिद्धि र छबि यहाँ आएर धमिलिने बढी सम्भावना हुन्छ यदि तपाई स्वयम् सेवक रुपमा सामाजिक सेवा गर्न उन्मुख हुन् चाहनु हुन्छ भने l
अमेरिकाका सामाजिक सेवामा संलग्न हुनु भएन भने तपाई बुद्धिमान भएको समुदायले ठहर गर्ने छ l अभिभावक या आफन्तले अमेरिकामा जानु अघि राम्रो पढ्नु, उन्नति गर्नु र परिवारको ईज्ज़त वृद्धि गर्नु भन्ने उपदेश दिनु भन्दा अब अमेरिकामा रहेका नेपाली संघ तथा संस्थामा नलाग्नु भन्ने शुभ आशिक दिनु असल हुने छ l
केहि बर्ष देखि अमेरिकामा सुस्त गतिमा यो रोग निको नहुने रुपले झ्यागीदै छ l झगडाको कारण केवल कुर्सि ,कुर्सिमा हाली मुहाली गर्न पाए अमेरिकाको राष्ट्रपति ओबामा भन्दा पनि ठुलो ठान्ने नेपाली समुदायका अगुवाहरु बाट नै यस्तो कुकृत्य फोहरी खेलको थालनी गरिएको छ l
वाशिंगटन डिसीमा बसोबास गर्ने हार्वर्डका एक विद्वानले किन संस्थामा अनेक आरोप र प्रत्यारोप लागेको कुरा सामाजिक संजाल मार्फत आउछ ? कुन कुन पद कसलाई चाहिन्छ ,बोलाएर जे जे पद जो जस्ले माग्छ ,सबैलाई उनीहरुलाई यस्तो दिए अध्याय नै समाप्त हुने थियो भनि सवाल सोधी सुझाब दिए l
उनि पनि कुनै संस्था संग आबद्ध छन तर उनलाई पद संग कुनै सरोकार छैन र लोभ पनि छैन किनभने बागडोरले मानिसलाई नाश गर्न पनि सक्छ भन्ने सोच राख्दै उनले त्यो अभिव्यक्ति दिए l
यसले दिर्घ कालिन रुपमा कसैलाई फाइदा पुर्याउने छैन केवल फोहोर पानीमा माछा मार्ने समुहले आफ्नो स्वार्थको लागि फाइदा उठाउने छन् l
नेपालमा रहेका नेपालीले अमेरिकामा नेपाली समुदायको मेल मिलाप खुबै छ भन्ने अब पत्याउने छैनन् किनभने एक्काइसौ शताब्दीमा संचार र सामाजिक संजालको माध्यमले एकै छिनमा लागेको सानो झिल्को पुरै विश्वमा डढेलो लाग्ने भएकोले हाम्रो ताण्डव नृत्य र हाम्रो पहिचान पर्दाफास भै सकेको छ l हाम्रो आकृति र मुकुण्डोको उघारी सकिएको छ l
अमेरिकामा खोलिएका संस्थामा केवल कुर्सिको लागि झगडा ,विवाद हुदै कसले कुर्सि उछिट्याउने भनि अदालत धाउने संस्थाको अब कमि रहेन l घर भित्रको कुरा बाहिर ,बाहिरको कुरा न्यायालय सम्म पुग्ने भए पछि अमेरिकामा आएको त्यहि अर्थ झैँ झगडा हो त ?
सामाजिक सेवा गर्न आएको तपाई यस्तो जटिल समस्यामा उनिन चाहनु हुन्छ भने सामाजिक सेवामा प्रवेश गर्न कसैले रोक्दैन किनभने अमेरिकामा अठार बर्ष भै सकेकाले आफ्नो निर्णय आफै गर्ने हुनाले जोड जबर्जस्त गर्न मिल्दैन l
मह जोडीले अमेरिकामा ३ महिने मह यात्रा कार्यक्रम देखाए पछि नेपाल फर्के पछि नेपालको प्रसिद्ध पत्रिकामा दिएको अन्तर्वार्ताले दुधको दुध पानीको पानी गरि दिएको छ l मह जोडीलाई विवादमा मुछिने कोसिस गरियो , मानव तस्कर समेत आरोप लगाईयो भन्दै नेपाल भन्दा न्युयोर्कमा ज्यादा राजनीति हुदो रहेछ भन्ने अभिव्यक्ति दिए l
अमेरिकामा नेपाली समुदाय कतिको मिलेर बसेका रहेछन भन्ने मह जोडी जस्ताले मात्र नभै अमेरिकाबाट नेपाल फर्किएका सबैले त्यस्तो मुल्यांकन गरेका छन् l
अमेरिकामा सामाजिक संस्थामा लाग्नु भनेको कतै साढे सातको दशा त लाग्दैन भन्ने विचार पनि नेपाली समुदायले गरि रहेकोले संस्थामा अभिरुचि निक्कै गिर्दो अवस्थामा छ l
अहिले नै निकै अप्ठ्यारो स्थितिबाट संस्था गुज्रिदै छन् भने कालान्तरमा नेपाली संस्थाले ठुलो चुनौतीको सामना गर्नु पर्ने हुन्छ l र ,सदस्यता वृद्धिबाट मात्र आर्थिक भार बेहोरेको संस्था नेपालीहरुको विवाद ,झगडा ,कचहरी र न्यायालयको कारण सहभागिताको हिसाबले नेपालमा जुलुसमा भेला गर्दा दैनिकी ज्याला दिएर जन सहभागिता गराएको जस्तो हुने हो कि भन्ने बुद्धिजीवीले अनुमान गरेका छन् l अमेरिकामा निशुल्क भोजन गराउने भन्दा पनि सहभागितामा खडेरी लागेको देखिएको भुक्त भोगी बताउदछन l
यो पंक्तिकारको वैयक्तिक विचार हो l पंक्तिकार विभिन्न संघ तथा संस्थामा आबद्ध भै सेवा पुर्याई सकेको र आफैले भोगेका अनुभूति र अनुभव केवल पाठक वर्गसंग हिस्सा गर्न चाहेको मात्र हो l अमेरिकामा आबद्ध संस्था तथा व्यक्तिलाई मुस्ने प्रयास हैन l परदेशमा जुट हुनुको साटो फुट भै रहेको परिस्थितिलाई निहाल्दा पंक्तिकारको एक बिश्लेषनात्मक टिपोट हो l
यस्तो स्थतिबाट सबै मुछिएका छन् भन्ने अभिप्राय हैन l उपेन्द्र महतोले एनआरएनको स्थापना गरि प्रवासीहरुको लागि ठुलो काम गरि दिएका छन् ,यो एउटा उदाहरण र एकताको प्रतिक हो l अमेरिकामा स्थापना भएका सबै संस्था एउटा मुलाका ड्य़ाग कदापी हैनन् , अद्वितीय काम गरेका छन् l नेपाली बीच कलह नै पदको बाडफाडले गर्दा हुने हुनाले पदमा रडाको नमच्चियोस भनि स्वामी श्री हरिदासजीको पहलमा वाशिंगटन डिसीमा एक आध्यात्मिक समिति निर्माण गरि दिए जस्मा एक जना मात्र संयोजक छन् अन्य सबै सदस्य रहेका छन् l कहिले पनि झगडा हुदैन किनभने त्यहाँ कुनै पदहरु बनाईएका छैनन् l
अमेरिकामा केहि संस्थाहरु छन् जस्मा सबै सदस्यको मात्र समिति निर्माण गरि बनाईएको छ l कुर्सिको लागि झगडा हुने र बेसी राजनीति हुने हुनाले कुनै पद नराखी सबै सदस्य भनि दिए पछि झगडा नहुने भएकोले समाजमा उदाहरण बन्दै संदेश दिन सफल भएका छन् l
तर पनि अमेरिकाका नेपाली संस्थामा लाग्नु अघि हजार पटक सोच्नु पर्ने हुनाले हिन्दि चलचित्रको एक प्रसिद्ध गीत दाल रोटि खाओ प्रभु के गुण गाओ भन्ने तिर लाग्दा नै फाईदा हुने हो कि ? आगे यहाहरुले जान्ने कुरा !
………………………………………………………………….अस्तु
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया