प्रधानमन्त्रीले भने-दलहरुबीच विवाद आएको भन्ने हल्ला झूठो हो
काठमाडौं, १५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन छाडेर देशको विकास र शान्ति स्थापनामा क्रियाशील हुन सबैलाई आग्रह गरेका छन् । देशमा आन्दोलन नभइ अमन चयन आवश्यक रहेको उनले बताए ।
तमु ल्होसारको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कोइरालाले भने, ‘अब आन्दोलनका दिन गए, तपाईंहरु शान्ति र यमन चयन दिनुस् हामी गरेर देखाउँछौं, यहाँ मुलुकको भविष्यको कुरा छ ।’
भारत, चीन लगायतका छिमेकी देशले पनि नेपालमा छिटो संविधान जारी होस् भन्ने चाहेको भन्दै कोइरालाले संविधान निर्माण प्रक्रियालाई कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
समयमा संविधान जारी गर्ने काममा सरकार चिन्तित भएको प्रधानमन्त्री कोइरालाले बताए । दलहरुबीच विवाद आएको भन्ने हल्ला सही नभएको उनले दाबीसमेत गरे । अब बन्ने नयाँ संविधानमा सबै जातजाति भाषाभाषी र समुदायको उचित सम्मान हुने उनको भनाइ थियो । ‘राजनीतिक दल, सभामुख जी सबै चिन्तित हुनुहुन्छ, यसबाट सुखद परिणाम दिने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री कोइरालाले भने ।
वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापबाट अघि बढ्ने भन्दै उनले यसबाटै देश विकासको लहर आउने दाबी गरे ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया