नेपाली कामदारले पाए २८ लाख डलर क्षतिपूर्ति
इनेप्लिज
२०७१ पुष ५ गते ६:१५ मा प्रकाशित
एजेन्सी–अमेरिकाको न्यूयोर्कमा दुई नेपाली कामदारले २८ लाख डलर क्षतिपूर्ति पाउने भएका छन् । न्यूयोर्कस्थित एक ठेकेदार कम्पनीसँग आबद्घ भएर निर्माण कार्य गर्ने क्रममा दुर्घटनामा परेका मुस्ताङका दोर्जे गुरुङ र धिर्मे गुरुङले नौ बार्षपछि सो क्षतिपूर्ति पाउने भएका हुन् ।
अमेरिकामा एक भवन निर्माणका क्रममा उनीहरु सन् २००५ जुनमा अन्दाजी २० फिट माथिबाट खसेका थिए । उनीहरु कम्पनीले क्षति पूर्तिको व्यबस्था नगरेपछि हालसम्म कानुन लड्दै आइरहेका थिए ।
निर्माणाधीन भवनको बिमा कम्पनीले २८ लाख डलर क्षतिपूर्ति दिने भएपछि सो मुद्दा किनारा लागेको अमेरिकाबाट संचालित साइट विश्वन्युजले जनाएको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया