युएईको माघेसंक्रान्तिमा गाँउको झल्को पाइने
इनेप्लिज
२०७१ पुष ५ गते ६:१४ मा प्रकाशित
युएई- नेपाल मगर संघ युएईको हालै सम्पन्न बिशेष महाधिवेशनले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्तिलाई भब्यताका साथ गाँउको झल्को दिने गरि आयोजना गर्ने भएको छ ।
नेपाल मगर संघ युएई अलएन क्षेत्रिय समितिको आयोजनामा माघेसंक्रान्ति मनाउन लागिएको हो । यसै क्रममा लखन थापा मगर स्मृती कप भलिवल प्रतियोगिता, गायक अरुण थापा मगर स्मृती कप भलिवल प्रतियोगिता र बनभोज कार्यक्रम पनिसँग सँगै गर्ने जनाईएको छ ।
संघको महाधिवेशन पश्चात बसेको बैठकले ३३औं मगर दिवस फेब्रुअरी २७ का दिन नेपालबाट कलाकार झिकाई गर्ने समेत निर्णय गरेको छ ।
विदेशमा रेहर आफ्नो भाषा–संकृतिलाई बिशेष जोड दिई रहेको मगर संघले आगामी दिनहरुमा नेपालीहरु बिच एकता तथा सद्भाव बढाउदै संस्कृति जोगाउन क्रियाशिल रही रहने समेत वरिष्ठ उपाध्यक्ष ललितमान राना मगरले बताए ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया