बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १८:१०
वासिङटन डिसी 08:25

विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन

इनेप्लिज २०७१ पुष १३ गते १७:२० मा प्रकाशित

gfnl

नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्गुनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा (मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईँ (याङ्गुन), र होमनाथ ढकाल (मिचिना) लाई चुनेको छ ।शाखा समितिका संरक्षक मण्डलमा म्यान्माका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे, ठाकुरप्रसाद गुरागाईँ, महानन्द भट्टराई र टेकनारायण रिमाल रहनुभएको छ ।

पुस्तौँदेखि नेपाली पहिचान बोकेका लाखाँै म्यान्मालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउँदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय सञ्जाल साहित्य महासङ्घको म्यान्मा शाखा १७ औँ मुलुकको २३ आँ शाखा बनेको महासङ्घ केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । केही हप्ताअघि मात्र अस्ट्रेलियामा पनि यसको शाखा बनेको थियो ।

यसै गरि गत साल विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन भएको थियो । ” संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथानेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिकसंघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्यगर्दै निरन्तर अघि बढ्ने ।”भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले जनाएको थियो।

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको समितिको सचिवमा श्रीकृष्ण पुरी र सदस्यहरुमा डा. अमित रिजाल, खुमलाल भुसाल, प्रिन्शु खड्का र आलोक साह रहनुभएको थियो ।

गत बर्ष सो अवसरमा विश्व नेपाली साहित्य महासघं केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले नयाँ बर्ष २०१४ को शुभ कामना दिंदै समाचारले हामी अन्यन्तै खुसि बनेका छौ भन्नु हुँदै रोमानियाको अनुकुलता मिलाएर विश्व नेपाली साहित्य महासंघको शाखा निर्माण गर्न हामीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार मित्र श्री नवराज पोखरेलज्यूलाई अधिकार प्रत्याजोजन गरेका थियौ । जस अनुरुप श्री पोखरेलको अध्यक्षतामा शाखाको स्थापना भएको र यस सन्दर्भमा नव गठित समितिलाई हार्दिक बधाई छ भन्नुभयो ।

विश्व नेपाली साहित्य महासघं केन्द्रीय समितिका अध्यक्ष श्री तिगेलाले नेपाली साहित्यको श्रीबृद्धि गर्नु प्रत्येक हामी नेपाली पहिचान बोकेकाहरुको कर्तब्य हो भन्नु हुँदै महासंघको हाल १४ मुलुकमा १८ वटा शाखाहरु निर्माण भई संचालनमा रहेका छन । उहाँले रोमानिया शाखा १५ औ मुलुकको १९ औ शाखा बनेको जानकारी नरापो न्यूज रोमानियालाई दिनु भएको छ । केन्द्रीय समितिका अध्यक्ष श्री तिगेलाले रोमानिया शाखाका अध्यक्ष श्री पोखरेलको नेपाली साहित्यको विकास प्रतिको योगदान जान्न पाउदा अत्यन्तै गर्व लागेको र उहाँको सद्विचार र योगदानले सधै निरन्तरता पाउन सकोस यहि हाम्रो कामना छ भन्नुभयो ।

नेपाली साहित्यको विकास, विस्तार र सम्वद्र्धनका लागि विसं २०६७ असार २९ गतेका दिन विश्व नेपाली साहित्य महासघंको स्थापना भएको थियो । विश्वभरका विभिन्न मुलुकहरुमा यस साहित्य महासंघ तीब्र गतिमा विस्तार हुदै गएअनुसार हाल सम्म नेपाल, रोमानिया, बेल्जियम, क्यानाडा, ईजरायल, मलेशिया, सिंगापुर, स्पेन, रसिया, अमेरिका, वेलायत, अस्टेलिया र मध्य पूर्वका केहि मुलुकहरू सहित संसारका १७ मुलुकहरूमा २३ शाखाहरू छन ।

प्रतिक्रिया