आइतबार, साउन ५ २०७६
काठमाडौं ०३:४५
वासिङटन डिसी 18:00

एनआरएनए यूएईको आबुधाबी क्षेत्रद्वारा नयाँ बर्षको कार्यक्रम सम्पन्न

इनेप्लिज २०७१ पुष १३ गते १७:०७ मा प्रकाशित

unnamed

उत्तम अधिकारी, आबुधाबी – गैर आवासीय नेपाली संघ यूएईको आबुधाबी क्षेत्रीय समितीले नयाँ बर्षको अवसरमा गत शुक्रवार एक कार्यक्रमको आयोजना गर्यो ।

अंग्रेजी नया बर्षको अवसर पारी आबुधबिको फेमिली कर्नेस पार्कमा आबुधाबी क्षेत्रीय समितीले एक बार्बिक्यु कार्यक्रम आयोजना गरेको हो । यूएईका लागि नेपाली राजदुत धनन्जय झाको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा संघका यूएई अध्यक्ष कृष्ण प्रसाद भुसाल तथा संघकै केन्द्रिय पदाधिकारी र सदस्यहरु, बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, ब्यबशायीका साथमा आबुधाबिवासी नेपालीहरु सहभागी भएका थिए ।

उक्त क्षेत्रीय समितीका अध्यक्ष गोकुल कुइंकेलको सभापतित्वमा आयोजित छोटो औपचारिक कार्यक्रममा राजदुत झा, संघका यूएई अध्यक्ष भुसाल, संघकै यूएई महिला संयोजक अमृता सिग्देल, प्रवासी नेपाली मंच यूएईका महासचिव उत्तम अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । राजदुत झाले बिश्वब्यापी रुपमा नेपालीहरुलाई संगठित गर्दै आइरहेको र नेपाल सरकारबाट पनि बिदेशमा मान्यता प्राप्त एनआरएनएले ठुला मुद्दा उठाउनु पर्ने र ठुला समस्याको दिर्घकालिन समाधानका निमित्त बृहत कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

संघका यूएई अध्यक्ष कृष्ण प्रसाद भुसालले एनआरएनए यूएई यहा रहेका सबै नेपालीको साझा संस्था भएकाले सबैको सहयोग, सद्भाव र समर्थनको जरुरत पर्ने भन्दै नेपाली कामदारलाई आइपरेका समस्या समाधानका लागि संघले निरन्तर सक्दो प्रयास गर्दै आइरहेको बताउनु भयो । संघले छिट्टै नेपाली मौलिक पर्वका अवसरमा कार्यक्रम आयोजना गर्ने र त्यसका लागि सबैको हातेमालोको जरुरत पर्ने भुसालले बताउनु भयो ।

आबुधाबी क्षेत्रीय समितीका सचिव तोरणदत्त सुबेदीद्वारा संचालित उक्त कार्यक्रममा काम गर्ने क्रममा दुवै हात र एक खुट्टा गुमाएका नेर्पू गाबिस वडा न ८ खोटांगका बिद्युत प्राधिकरणमा ज्यालादारी काम गर्ने नेर्पू गाबिस वडा न ८ खोटांगका हरिकाजी ढुंगानालाई सहयोग स्वरूप उक्त क्षेत्रले संकलन गरेको २ हजार एकसय ९३ दिर्हाम सम्बन्धित पक्षसम्म पुर्याउने गरी हिमाल गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

बिदेशमा बसेर विभिन्न उत्सब मनाउन चाहने नेपालीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा बिभिन्न प्रकारका खानपिनको ब्यबस्था गरिएको थियो । एक आपसमा शुभकामना बाड्दै सहभागीहरुले खुसियालीपुर्वक कार्यक्रमलाई मनोरन्जनात्मक बनाएका थिए ।

 DSC07778

प्रतिक्रिया