विद्यार्थीले प्रधानमन्त्रीसँग भने– तेलको भाउ घटाऊ !
काठमाण्डौं, ३ पुस । प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी पेट्रोलियम पदार्थको भाउ घटाउन आग्रह गरेका छन् । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य सँगसँगै ढूवानी भाडा र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत घटाउन विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् । ज्ञापनपत्रमा पूजा बोहरामाथि भएको बलात्कार घटनाका आरोपीहरु उम्किएको बिषयमा तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरिएको छ ।
विद्यार्थीहरुले समयमै संबिधान जारी गर्नको लागि समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटाउन विभागीय मन्त्रीलाई निर्देशन दिइसकेको बताउदै पूजा बोहराको बिषयमा छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया