राहदानी नविकरण नहुँदा अमेरिकाका नेपाली आक्रोसित
इनेप्लिज
२०७१ पुष २ गते ११:४७ मा प्रकाशित

न्युयोर्क, पुष १ । अमेरिकामा राजनीतिक शरणार्थी लिएका र तीनका परिवारलाई सरकारले मेसिन रिडेवल पासर्पोट (एमआरपी) नदिएकोमा यहाँ बस्ने नेपालीहरू सरकारप्रति आक्रोशित भएका छन्।
नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्धारा आइतवार आयोजित कार्यक्रममा सहभागी नेपालीले आफ्नो जाय जेथा नेपालमा रहेको र अल्पकालिन रुपमा वस्नका लागि शरणार्थी लिनुपरेको अवस्थामा सरकारको यस्तो रवैया दुभार्ग्यपुर्ण भएको बताए।
यहाँ राजनीतिक शरणार्थी लिनु भनेको कानुनी रुपमा बस्नका लागि मात्र हो भन्ने सम्वन्धित निकायले नवुझ्दा अप्ठ्यारो परेको उनीहरुले बताए। आउने नोभेम्बर महिनादेखि हातले लेखेको राहदानी उपयोग गर्न सकिदैन। शरणार्थी लिनेले प्रकृया पुरा गरेमा पाँच बर्षपछि मात्र अमेरिकाको पासपोर्ट लिन योग्य हुन्छन्। तर, वासिंटन डीसीस्थित नेपाली दूतावास र न्यूओर्कमा रहेको कन्सुलेट जनरल कार्यालयले शरणार्थी छाप लागेको पासपोर्ट नविकरण गर्न इन्कार गर्दै आएको छ।
कोलोराडो बस्दै आएका लोककुमार रेग्मीले अमेरिका बस्ने सयौं नेपाली पासपोर्ट नविकरण नहुँदा अप्ठ्यारोमा परेको बताए। यो समस्या तत्काल सम्वोधन नभए यस्ता सयौं नेपाली प्रति ठूलो अन्याय हुने उनले दुखेसो पोखे।
जनसम्पर्क समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठले यो पासपोर्ट नविकरण मुद्दा प्रमुख समस्याका रुपमा आएको बताए। ‘प्रधानमन्त्रीलाई जानकारी गराउँदासमेत अहिलेसम्म सम्वोधन नहुनु दूर्भाग्यपुर्ण हो,’ श्रेष्ठले भने। झण्डै १ वर्षदेखि अमेरिकामा शरणार्थी पाएका र तीनका परिवारको राहदानी नविकरण भएको छैन।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया