सोमबार, कार्तिक ३ २०७७
काठमाडौं २२:०७
वासिङटन डिसी 12:22

वेष्ट पाम बीचमा १०५ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती

इनेप्लिज २०७१ पुष १२ गते १२:३३ मा प्रकाशित

चूडामणि खनाल

यही डिसेम्बर ६, २०१४ शनिवारका दिन ल्फोरिडा राज्यको वेष्ट पाल्म बिचमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ल्फोरिडा च्याप्टरले १०५ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका साथै ह्याप्पी होलीडेज़ २०१४ को भव्य कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम च्याप्टरका अध्यक्ष चूडामणि खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अनेसास बोर्ड अफ ट्रष्टी तथा निर्वतमान केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्री हुनुहुन्थ्यो । अनेसास केन्द्रीय उपाध्यक्ष श्री राम खत्री, ल्फोरिडा च्याप्टरका पूर्व अध्यक्षहरु डा. विद्याराज सुवेदी, श्री विमल नेपाल, श्री कृष्ण श्रेष्ठ, सल्लाहकार श्री विकास देवकोटाको उपस्थिति थियो । ल्फोरिडा राज्यको विभिन्न ठांउमा बसोबास गर्ने नेपाली साहित्यकार तथा नेपाली भाषासाहित्यलाई माया गर्ने ठुलो नेपाली जनसमुदायको उपस्थिति थियो ।

अनेसास केन्द्रीय उपाध्यक्षले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको आरम्भ भएको थियो । अनेसास ल्फोरिडा च्याप्टरले सञ्चालन गरेको नेपाली पाठशालाका साना भाइबहिनीहरुले नेपाल र अमेरिकाको राष्ट्रिय गीतहरू गाएका थिए । ल्फोरिडा च्याप्टरका अध्यक्ष चूडामणि खनालले स्वागत मन्तव्यका क्रममा विभिन्न माध्यमबाट अनेसास ल्फोरिडा च्याप्टरलाई आर्थिक सहयोग तथा विभिन्न पुरस्कारहरुको प्रायोजन गर्नु हुने सबै प्रायोजक महानुभावहरुलाई धन्यवाद टक्र्याउनु भएको थियो । नयाँ वर्ष २०१४ कविता प्रतियोगिताका प्रायोजकहरु धर्म खनाल, ब्लड डोनर्स अफ अमेरिका र डा. हरि पाण्डे हुनुहुन्थ्यो भने पद्मादल मेमोरिअल फाउन्डेसन, लीना बस्नेत (कुमन अफ मिरामर), डा. राजेन्द्र शाक्य, चूडामणि खनाल, बिकाश देवकोटा, गिता खत्री लगायतका महानुभावहरुले बुद्ध जयन्ति २०१४ को अवसरमा आयोजित निबन्ध प्रतियोगिताको पुरस्कार प्रयोजन गर्नुभएको थियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको संक्षिप्त परिचय दिदैं केन्द्रीय उपाध्यक्ष श्री राम खत्रीले काठमाण्डौको डिल्लीबजारमा जन्मेका महाकवि देवकोटा र उहाँको परिवार गरिब थिएनन । उहाँलाई गरिबीले सताएको थियो भन्न नहुने कुरा व्यक्त गर्दै अनेसास केन्द्रीय अध्यक्ष श्री पदम विश्वकर्माको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । समारोहमा सल्लाहकार तथा युनाइटेड एफएनए फ़्यान्सका अध्यक्ष श्री विकास देवकोटा, अनेसास केन्द्रीय सल्लाहकार तथा NASeA का वरिष्ठ उपाध्यक्ष श्री विमल नेपाल, अभि कट्टेल मेमोरियल फाउण्डेशनका अध्यक्ष डा विजय कट्टेल, नेवा सङ्घ अमेरिका, ल्फोरिडा च्याप्टरका अध्यक्ष श्री राजु ताम्राकारले आ-आफ्नो मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिकाका अध्यक्ष डा. जय प्रकाश साहले कार्यक्रम सफलताको शुभकामना संदेश पठाउनु भएको थियो।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा ल्फोरिडा राज्यका विभिन्न साहित्यकारहरु विकास देवकोटा, डा. विद्याराज सुवेदी, सिर्जना अर्याल नेपाल, धर्म खनाल, तथा चूडामणि खनाल लगायतका कवि- कवियत्रीहरुले आ-आफ्नो कविता वाचन गर्नु भएको थियो ।

सोही अवसरमा अनेसासलाई हरतरहले सहयोग गर्ने तथा नेपाली भाषासाहित्यको विकास र विस्तार कार्यमा सदा संलग्न हुने पूर्व केन्द्रीय उपाध्यक्ष तथा पूर्व ल्फोरिडा च्याप्टर अध्यक्ष डा. विद्याराज सुवेदी, अनेसास प्रमुख निर्वाचन आयुक्त तथा पूर्व ल्फोरिडा च्याप्टर अध्यक्ष श्री विमल नेपाल, NASeA-ANMA-अनेसास साहित्यिक सम्योजक तथा पूर्व ल्फोरिडा च्याप्टर अध्यक्ष श्री कृष्ण श्रेष्ठ, अनेसास केन्द्रीय निर्वाचन सूचना प्रविधि संयोजक श्री अशोक श्रेष्ठलाई प्रमुख अतिथिले सम्मान पत्रहरु हस्तान्तरण गर्नु भएको थियो । साथै सन् २०१३ को अनेसास उत्कृष्ट च्याप्टर ल्फोरिडालाई पांचवटा उत्कृष्ट पाठशाला सञ्चालन गरे बापत सम्मानपत्र तथा ताम्रपत्र प्रमुख अतिथिबाट ल्फोरिडा च्याप्टरका अध्यक्षलाई प्रदान गरिएको थियो ।

यसका साथै ल्फोरिडा च्याप्टरले बुद्ध जयन्ती २०१४ का अवसर आयोजना गरेको निबन्ध प्रतियोगितामा पुरस्कार प्राप्त गर्ने विजेता भाइबहिनीहरु रोजेश शाक्य, स्वच्छन्द श्रेष्ठ, जेनी खनाल, दिपाली सिहं, सुवोध शाक्य र कुसुम अर्याललाई पनि प्रमुख अतिथिले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । आफ्नो मन्तब्यका क्रममा प्रमुख अतिथिले नेपाली भाषालाई विदेशमा जीवन्त बनाउन नेपाली भाषा नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्यौ भने मात्रै हामीले केही गर्न सकेछौ भन्ने हुन्छ । होइन भने बिस्तारै हाम्रो भाषा विदेशमा मौलाउन सक्दैन बरु विलय हुन सक्छ । यस कार्यका लागि ल्फोरिडा च्याप्टरले पांचवटा नेपाली पाठशाला खोलेर उदाहरणीय कार्य गरिरहेका स्मरण गराउंदै ल्फोरिडा च्याप्टर र यसका सम्पूर्ण पदाधिकारीहरू तथा ल्फोरिडाबासी नेपालीहरूलाई सलाम गर्न चाहन्छु भन्नु भयो । प्रमुख अतिथिले आफ्नो गीतहरुको संगालो अमुल्यको बिक्रीबाट संकलन भएको सम्पूर्ण रकम च्याप्टरलाई दान गर्नु भयो।

कार्यक्रममा अनेसास फ्लोरिडा च्याप्टरको वार्षिक मुखपत्र सागर- वर्ष ९ अंक १० को पुनर्लोकार्पण गरिएको थियो। सल्लाहकार बिकाश देवकोटाको प्रवाशको आँगनको पनि पुनर्लोकार्पण गरिएको थियो भने वहाँले सो पुस्तक बिक्रिको केहि रकम फ्लोरिडा च्याप्टरलाई प्रदान गर्नु भएको थियो।

कार्यक्रममा च्याप्टर अध्यक्षले नेपाली भाषा साहित्यको जगेर्ना गर्न मुख्य भूमिका निभाउनु हुने प्रमुख अतिथि गीता खत्रीज्यू तथा सङ्गीतको माध्यमबाट नेपाली भाषाको उत्थान गर्न टेवा पुर्याउनु हुने गायिका नलीना चित्रकारलाई सम्मान गर्नु भएको थियो ।

बिदाको खुसीयाली मनाउने सिलसिलामा ल्फोरिडा च्याप्टरका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार श्री बिमल नेपालले साण्टा ल्कजको रूप धारणगरि बालबालिकालाई मन्त्रमुग्ध पार्दै उपहार प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रसिद्ध नेपाली पप गायिका नलीना चित्रकार तथा अन्य स्थानीय कलाकारहरूले हललाई संगीतमय बनाएर घन्काउनु भएको थियो भने सम्पूर्ण सहभागीहरु झम-झम नाचेका थिए।

रजिस्ट्रेसन डेस्कमा सहयोग गर्ने प्रजिव शाक्य धन्यबादको पात्र हुनुहुन्छ, आर्थिक रूपमा कार्यक्रम समतल रह्यो । पुर्व अध्यक्ष बिमल नेपालको सकृयतामामा समारोह स्थल व्यवस्थापन लगायात रात्रिभोजको लागि स्वस्फुर्त सहयोग गरी पकवान ल्याई अमुल्य सहयोग गर्नु हुने बिशिष्ठ महानुभावहरु प्रति अनेसास फ्लोरिडा च्याप्टर हार्दिक आभार प्रकट गर्दछ।

क्षेत्रीय उपाध्यक्ष (ओर्ल्याण्डो) श्री नगेन्द्र ढकालले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अन्त्यमा क्षेत्रीय उपाध्यक्ष (वेस्ट पाल्म बीच) अभिज्ञा न्यौपानेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने फोटोपत्रकार श्री धन थापाले नेप्थ्यबाट तस्वीरहरु खिचिरहनु भएको थियो। कार्यक्रमको झलककोलागि dhanphotos.com वा निम्न सांग्लोमा क्लिक गर्नु होला।

http://dhanphotos.com/phpAlbum/index.php/LAXMI-P-DEVKOTA-JAYANTI-2014

प्रतिक्रिया