हतारमा संविधान जारी गरे अर्को द्वन्द्व- डा. भट्टराई
गोरखा, पुस ११ एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताएक छन्।
सबै दलको सहमति जुटाएर सकेसम्म माघ ८ गते संविधान जारी गर्नेतर्फ दलहरु लाग्नुपर्ने भन्दै नेता भट्टराईले असहमतिकै बुँदा थाँती राखेर संविधान जारी गर्न नहुने धारणा राखे।
गोरखाको घ्याल्चोक–९ स्थित सामूहिक कृषि सहकारीको १४औँ साधारणसभाको आज उद्घाटन गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले भने, “राम्रो र हाम्रो संविधान जारी गर्नेतर्फ लाग्नुपर्छ। हतार गरेर असहमतिको संविधान जारी भयो भने अर्को द्वन्द्वतर्फ देश धकलिन्छ।”
मुख्य चार राजनीतिक दलले उठाउँदै आएका मुद्दालाई समेट्ने गरी संविधान जारी गर्नुपर्ने उहाँले तर्क गर्नुभयो। मुख्य चार दलमध्ये एक दललाई बाहिर राखेर संविधान जारी गर्न नसकिने उनको ठम्याई छ।
सबै दल आफ्नो अडानबाट लचिलो भएर बैठकमा प्रस्तुत हुने हो भने सहमति जुट्ने उनले तर्क गरे। नेता भट्टराईले सहकारीले स्थानीय गरिब जनताको जीवन उकास्न सहयोग गरेको उल्लेख गरे। रासस
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
प्रतिक्रिया